ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाका नवनिर्वाचित जनप्रतिनिधिहरूले लिए पद तथा गोपनीयताको शपथ

Lumbini Darpan 2 २०७९ जेष्ठ ६, शुक्रबार १९:३७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । निर्वाचित नगर प्रमुख चक्रपाणि अर्याललाई मुख्य निर्वाचन अधिकृत तथा तेज प्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन्। यस्तै नगरप्रमुख अर्यालले उप–प्रमुख सहित वडाध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । बाणगंगामा एमाले बाट उम्मेद्वार बनेका चक्रपाणि अर्याल नगर प्रमुखमा र उप–प्रमुखमा नेकपा एमालेकै रिता कुमारी थारु निर्वाचित भएका हुन् ।

११ वटा वडा रहेको बाणगंगामा वडा नम्बर १ बाट नेपाली कांग्रेसका संजु कुमार सारू मगर, वडा नं. २ को वडा अध्यक्ष्मा नेकपा एमालेका विष्णु प्रसाद पौडेल, वडा नं. ३ को अध्यक्षमा माओवादिका टेक बहादुर झेडी मगर, वडा न. ४ को वडा अध्यक्षमा एमालेका छविलाल रेश्मी मगर, वडा नंं ५ को अध्यक्षमा नेपाली कांग्रेसका दुनिका प्रसाद भुसाल, वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसका करुण टण्डन वडा नं. ७ को वडा अध्यक्षमा एमालेका विष्णु गिरी, वडा नं. ८ को अध्यक्षमा एमालेका बाबुराम अर्याल, वडा नं. ९ को वडा अध्यक्षमा एमालेका कमल पौडेल, वडा नं.१० को वडा अध्यक्षमा एमालेका यम प्रसाद पोख्रेल र वडा नं. ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र प्रसाद थारु सहित अन्य सदस्यहरुमा निर्वाचित भएका छन् ।

नव निर्वाचित जनप्रतिनिधिरुलाई बाणगंगा पिस हिमालय रिर्सोटको सभाहलमा पदभार ग्रहण गराईएको थियो । सपथ पछि बोल्दौ नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार आफ्नो मुख्य काम भएको बताएका छन् । शुक्रबार नगरपालिकामा पदभार ग्रहण गर्नेक्रममा पत्रकारहरुसंगको कुराकानीमा नगर प्रमुख अर्यालले सामुदायिक विद्यालयको पढाई प्रति बारम्बार प्रश्न उठ्ने गरेको भन्दै नगरबासीका छोराछोरी पढाईका लागि अन्यत्र जानुपर्ने स्थितिको अन्त्यका लागि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा काम गर्ने बताए । साथै उनले आफुले गर्ने प्राथमिकताका क्षेत्रबारे खुलस्त पारेका छन् ।

नगर प्रमुख अर्यालले भौतिक विकास पनि प्राथमिकताको क्षेत्रमा रहेको बताए । भौतिक विकास पनि विकासको प्रमुख आयाम रहेको भन्दै काम हुन नसकेको क्षेत्रमा पूर्वाधार विकास गर्ने जनाए । उनले स्वास्थ्य क्षेत्रलाई पनि प्रमुख प्राथमिकतामा राखेका छन् । न्यून आय भएका जनताको स्वास्थ्य समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर आफुले तत्कालै योजना बनाएर काममा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे । भूमिहिन सुकुम्बासीका समस्या समाधान पनि आफ्नो प्रमुख काम भएको उनले बताए । यसका लागि राष्ट्रिय भूमि आयोगसंग समन्वय गरि काम थाल्ने उनले बताए । नगरमा शुसासन कायम राख्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्ने पनि उल्लेख गरे । नगरबासीको अपार मायाले नगरको प्रमुखमा निर्वाचित हुने अवसर मिलेको भन्दै जनमतको सधैं सम्मान गरेर आफु अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए ।

नगर उपप्रमुखमा रहदा आफुले थुप्रै ज्ञान हासिल गरेको भन्दै अब अगामी दिनमा काम गर्न सजिलो हुने उनले दाबी गरे । नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार शपथसंगै निर्वाचित भएको प्रमाणपत्र पनि बुझेका छन् । साथै उक्त अवसरमा निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई समेत गरिएको छ । नगरमा सपथ ग्रहण सँगै नव निर्वाचित जन प्रतिनिधिहरुले आ आफ्नो कार्यकक्ष तथा वडाध्यक्षहरुले वडामा पदभार ग्रहण समेत गरेका छन् । वडाध्यक्षहरुले तामझामका साथ वडाहरुमा पदभार ग्रहण गरेका हुन् ।


प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार १९:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech