जेष्ठ १३ गते ।आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदी मूल्य तोलामा १० रुपैयाँले बढेको छ । बिहिबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले बताए ।



















