जेष्ठ १७ गते। आज मङ्गलबार सुनको मूल्यमा २ सयले घटेको छ । महासंघको अनुसार सोमबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार २ सयले घटेर ९८ हजार तोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउ । त्यस्तै छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए ।



















