सुनको मूल्य ४ सय रुपैयाँ वृद्धि

[sharethis-inline-buttons]

 

जेष्ठ १९ । आज सुनको मूल्यमा ४ सय रुपैयाँले वृद्धि भएको छ । व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ


प्रकाशित : २०७९ जेष्ठ १९, बिहीबार १२:३३