जेष्ठ ३० । आज सुनको मूल्यमा प्रतितोला ३ सयले घटेको छ । आईतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सयले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले बताए ।
आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चादीको मूल्यमा १५ रुपैयाँले घटेको छ । चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




















