अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु र १५० जना घाइते

[sharethis-inline-buttons]

असार,८ काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु र १५० जना घाइते भएको छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।


प्रकाशित : २०७९ असार ८, बुधबार १२:२७