छिमेकि मूलुक भारतमा अहिले कोरोना संक्रमणको दर दिनप्रति दिन बढ्दै गइरहेको छ । तर, भारतीय सिमानाकाबाट भने भारतबाट आउनेहरु बिना कोरोना परीक्षण नेपाल प्रवेश गर्ने गरेका छन् । यसअघिका लहरमा पनि सीमानाबाट भएका बिना रोकतोक ओहोरदोहोरले नेपालमा संक्रमणले विकराल रुप लिएको थियो । सिमानाकामा रहेका हेल्थ डेस्कहरु प्रभावकारी हुन अहिले पनी सकिरहेका छैनन ।
अहिले पनि बेलहिया नाकामा कोरोना परीक्षणका लागि हेप्प डेक्स राखिएको छ । तर, त्यो डेक्स प्रभावकारी हुन सकेको छैन् । अहिले पनि बिना रोकतोक ओहोरदोहोरले नेपालमा संक्रमणले विकराल रुप लिने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसीसीको बैठक बसेर नाकामा रहेको हेल्प डेक्सलाई प्रभाकारी बनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।
‘नाकामा हेल्प डेक्स त पहिलादेखि नै राखिएको थियो । अहिले भारतमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पनि हामीलाई एउटा निर्देशन पनि आइसकेको छ । बैठकले बेलहिया नाकामा रहेको हेल्प डेक्सलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । अब त्यही अनुसार काम गर्न निर्देशन पनि दिइसेका छौँ ।’–उनले भने ।



















