अब चढौ ५० सि सि को भेस्पा

[sharethis-inline-buttons]

काठमाडौं ।
चीनको एक कम्पनीले भेष्पा  मोडल बजारमा ल्याएको छ ।

चिनियाँ कम्पनीले जापानीज दुई पाङ्ग्रे ब्राण्ड यामाहा र कावासाकीको नामबाट दुई टुक्रा निकालेर यामासाकी ब्राण्ड बनाएको छ । उक्त ब्राण्डले ५० सीसी क्षमताको स्कुटरलाई भेष्पाको कपिक्याट डिजाइनमा निर्माण गरेको हो ।

कम्पनीले स्कुटरको नाम मात्र होइन कम्पनीको नाम नै दुई कम्पनीका नामबाट कपी गरेको छ । यामाहा र कावासाकीको नाम मिक्स गरेर यामासाकी राखेको हो ।

यामासाकीले उत्पादन गरेको ५० सीसी ग्यासोलिन स्कुटरको नामाकरण भने गरेको छैन । कम्पनीले आफ्नो वेवसाइटमा यसलाई लिस्टिङ गरेको छ भने, यसको मूल्य समेत निर्धारण गरेको छैन ।

कम्पनीले यो मोटरसाइकलमा ५० सीसी क्षमताको यूरो ५ इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले ३।३९ पीएस पावर जेनेरेट गर्छ ।

यामासाकी ५० सीसी स्कुटरमा एक्ससेप हेडल्याम्प दिएको छ । त्यस्तै यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ आर्ममा जोडिएको मोनोसक सस्पेन्सन दिइएको छ ।

त्यस्तै यसमा फुल डिजिटर राउन्ड सेप हेडल्याम्प, डिस्क ब्रेक जस्ता फिचर यसमा पाउन सकिन्छ । सबैभन्दा धेरै डिजाइन चोरी हुनेमा भेष्पा
भेष्पा स्कुटरको डिजाइन धेरै चोरी हुनेमा पर्छ । चिनियाँ अटोमेकरले मात्र होइन भारतीय अटोमेकरले समेत भेष्पाका डिजाइनहरु कपी गर्दै आउका छन् । विषेशगरी इलेक्ट्रीक स्कुटर निर्माताहरुले भेष्पाका डिजाइन कपी गर्दै आएको पाइन्छ ।

भारतीय कम्पनी प्योर इभीको स्कुटर इप्लुटो ७ जी भेष्पाबाट प्रेरित डिजाइनमा रहको छ । त्यस्तै चिनियाँ कम्पनी अल्थर ब्राभो पनि भेष्पाबाट प्रभावित डिजाइनमा रहेको छ भने, अन्य धेरै कम्पनीले डिजाइन कपी गरेको पाइन्छ ।

 


प्रकाशित : २०७९ असार १७, शुक्रबार १८:०४