अमेरिकी डलरको भाउ महँगो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असार २२ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो १ सय २७ रुपैयाँ ३० पैसा भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो ।

सोमवार एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा ९भारु० हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो ।


प्रकाशित : २०७९ असार २२, बुधबार १२:५८