जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

[sharethis-inline-buttons]

 

असार २४ । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ।जापानका मिडियाहरुका अनुसार गोली लागेपछि उहाँको अवस्था निकै गम्भीर रहेको छ।नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो ।भाषण गरिरहनुभएका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उहाँको ढाडमा लागेको थियो।गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबेको मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा रहेको बताउनुभएको छ।

समाचार विवरणहरूका अनुसार उहाँलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिन्छ। तर ती भिडिओको आधिकारिता पुष्टि हुन बाँकी छ।
गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताए।


प्रकाशित : २०७९ असार २४, शुक्रबार १२:२२