साउन १० । नेपालमा कोरोना संक्रमण दिना प्रतिदिन बढ्दै छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
परीक्षण गर्दा पिसीआर विधीबाट २२१५ जनामा परीक्षण गर्दा ४ सय जना र एन्टिजेन विधीबाट २८४० जनामा परीक्षण गर्दा २ सय ३८ जना गरी कुल ६ सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।आज कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने २ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।




















