साउन १२
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना निको भएका छन् ।




















