नेपालमा कोभिड महामारीको चौथो लहर आएको हो वा होइन भन्ने विषयबारे चर्चा चल्दै गर्दा विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ।
पूर्ण मात्रा खोप लगाएका मानिसको सङ्ख्या तुलनात्मक राम्रो भएको नेपालमा पछिल्लो समय कोभिडबाट गम्भीर बिरामी वा मृत्यु हुने जोखिम कसमा बढी देखियो भन्ने चिन्तायुक्त चासो पाइन्छ।
को छन् बढी जोखिममा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गते देखि साउन १७ गते सम्ममा १६ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ।
साउन १ गते १८ जना सघन उपचार कक्ष ९आईसीयू०मा र एक जना भेन्टिलेटरमा रहेकामा १७ गते आईसीयूमा उपचाररत बिरामीको सङ्ख्या दोबर भइसकेको छ भने भेन्टिलेटरमा पाँच जना छन्।
नेपालमा कुल जनसङ्ख्यामध्ये कोभिडको पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ७० प्रतिशतभन्दा धेरै पुगिसकेको छ।
सोह्र वर्षमाथि उमेर समूहको मात्र हेर्ने हो भने त यो प्रतिशत झन्डै ९० पुगिसकेको छ।
खोपमा राम्रो प्रगति हुँदाहुँदै कोभिडले ज्यान लिइरहँदा पछिल्ला दिनमा गम्भीर सङ्क्रमणमा पर्ने मानिसमध्ये धेरैजसो खोप नलगाइसकेका वा अपूर्ण मात्रा लगाएका वा बढी उमेर र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
बूस्टर डोजले कसरी कोभिडबाट जोगाउन सक्छ
ूमृतकमध्ये ३ ,४ जनाबाहेक अन्यले खोप नलगाएको पाइएको छ। खोप लगाएकामा ज्येष्ठ नागरिकलाई बढी समस्या छ भने खोप नलगाएकामा अन्यलाई पनि गम्भीर असर परेको पाइएको छ,ू मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारीले बताए।
कोभिड महामारी सुरु भएको साढे दुई वर्षमा नेपालमा ११,९६८ को ज्यान गइसकेको मन्त्रालयको तत्याङ्कले देखाउँछ। अर्थात् कोभिडका कारण हुने मृत्यु दर १।२५ रहेको पाइएको छ।
के यो चौथो लहर हो
केही सातायता लगातार बढेर १०० भन्दा तल ओर्लिसकेको कोभिडका सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ५,००० को हाराहारी पुगेको छ।
तीमध्ये अधिकांश सङ्क्रमित काठमाण्डू उपत्यकामा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। अब सरकारले मानिसहरूलाई चौथो लहर आइसकेको हुनाले सावधान हुन सूचित गर्नुपर्छ। खोप नलगाएकाहरूलाई खोप लगाउन प्रोत्साहित गर्नुपर्छ भने मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गर्न पनि घच्घच्याउनुपर्छ,ू उनले भने।
अहिले छिमेकी देश भारतमा पनि विगत केही सातासम्म सङ्क्रमणको गति तीव्र देखिएको थियो।
स्रोत बि बि सि




















