नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघमा रक्तदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

प्रकाश गौतम
साउन २५
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ तिलोत्तमा नगर समिति तिलोत्तमाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाको २२ औ स्थापना दिवसको अवसरमा संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका अध्यक्ष सुर्य देवदासले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । कार्यक्रममा तिलोत्तमा ९का वडा अध्यक्ष धुब्र न्यौपानेले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहनु पर्नेे भन्दै यो सामाजिक कार्यका लागी धन्यबाद दिनु भयो । कार्यक्रममा नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवल नगर समितिका अध्यक्ष तिल बहादुर हिस्की र संस्थाका बरिष्ठ सल्लाहाकार शुसिल घिमिरेले रक्तदानको महत्वको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो । नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ तिलोत्तमा नगर समितिका अध्यक्ष सहसराम थारुको अध्यक्षतामा भएको कार्यक्रममा ७४ जनाले रक्तदान गर्नु भएको थियो । रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव देव ब थापाले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ श्रावण २५, बुधबार १६:३८