तिलोत्तमा ११ भुल्कामा टोल सरसफाई कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

प्रकाश गौतम

नियमित सरसफाई अन्तरगत तिलोत्तमा ११ भुल्कामा आज टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

भुल्का समाजको आयोजनामा आयोजित टोल सरसफाई कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका प्रमुख रामकृष्ण खाणले नगरको सरसफाईले स्वच्छ हराभरा तिलोत्तमा नगर बनाउन सकिने बताउनु भयो । उहाले नगरको पछाडि परेको क्षेत्रको बिकाशको लागी काम गर्ने दाबि गर्नु भयो । कार्यक्रम मा तिलोत्तमा ११का वडा अध्यक्ष बिष्णु बराल , कार्यपालीका सदस्य राधा शाही , अन्य जनप्रतिधिहरुले वडाको बिकाशमा काम सुरु भएको बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस तिलोत्तमा ११ का सभापती तेज बहादुर कुवर, सुर्य ब थापा,चन्द्रकान्त न्यौपाने स्थानिय बिभिन्न सघं सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । टोल सरसफाई कार्यक्रम भुल्का टोलका सम्पुर्ण स्थानियको सहभागीतामा टोल सरसफाई गरिएको थियो ।

कार्यक्रम भुल्का समाजका अध्यक्ष प्रदेशी यादवको अध्यक्षता तथा श्री विस्णु खत्रीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ भाद्र ४, शनिबार १४:०९