अनेम संघ तिलोत्तमाको आयोजनामा रक्तदान कार्यक्रम तथा तिज मिलन कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

अखिल नेपाल महिला संघ तिलोत्तमा नगर कमिटिको आयोजनामा रक्तदान कार्यक्रम तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ तिलोत्तमा २ बनबाटीकामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका उपप्रमुख जागेश्वरी चौधरी मानिसका लागी चाहिने रगत दान सबै भन्दा दान भएको भन्दै संस्थाले यो पुन्य काम गरेको बताउनु भयो ।

उहांले मन्दिरमा गएर गरिने धर्म भन्दा ठुलो धर्म रगत दान गरेर हुने भन्दै शिक्षाको बिकाश सगै रक्तदाताहरु बढदै गएकोमा खुसी ब्यत्त गर्नु भयो । रक्तसन्चार केन्द्र भैरहवाको प्रबिधिक सहयोगमा भएको कार्यक्रममा ३२ जनाले रक्तदान गर्नु भएको थियो ।

अखिल नेपाल महिला संघ तिलोत्तमा नगर कमिटि अध्यक्ष कमला ज्ञवालीको अध्यक्षता , उपाध्यक्ष कमला पराजुलीको स्बागत , सचिव तुल्सारानी थारुको सन्चालनमा भएको कार्यक्रमको संयोजन हेमा बराल क्षत्रिले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ भाद्र १०, शुक्रबार १७:४४