प्रकाश गौतम
तिलोत्तमा रक्तदाता समाज तिलोत्तमा तथा सारा फार्मेसी तिलोत्तमा ८ शिवपुर आयोजनामा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ तिलोत्तमा ८ शिवपुरमा संस्थाले २३ औ नियमित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीकाका वडा न ८ का अध्यक्ष कृष्ण प्रशाद पौडेल ,तथा तिलोत्तमा वडा न ९ का अध्यक्ष धुर्ब न्यौपानेले मानिसका लागी चाहिने रगत दान सबै भन्दा दान भएको भन्दै संस्थाले यो पुन्य काम गरेको बताउनु भयो ।
उहांहरुले मन्दिरमा गएर गरिने धर्म भन्दा ठुलो धर्म रगत दान गरेर हुने भन्दै शिक्षाको बिकाश सगै रक्तदाताहरु बढदै गएकोमा खुसी ब्यत्त गर्नु भयो । कार्यक्रममा बोल्दै तिलोत्तमा ९का नि बर्तमा वडा अध्यक्ष नारायण न्यौपाने,लायन्स क्लव अफ चौतारीका अध्यक्ष लुकराज न्यौपानेले अहिले बढदै गैरहेको डङगु र त्यसकालागी चाहिने रगत यस्तै कार्यक्रमबाट पुर्ति हुने बताउनु भयो । कार्यक्रममा लुम्बिनी मिडिया हवका अध्यक्ष टेक बहादुर थापा , शिवपुर आमा समुहकी अध्यक्ष तुल्सा श्रेष्ठ , सामाजिक ब्यती ढालानन्द चालिसे लगायतले रक्तदानको महत्व बारे प्रकाश पार्नु भएको थियो । रक्तसन्चार केन्द्र बुटवलको प्रबिधिक सहयोगमा भएको कार्यक्रममा ६४ जनाले रक्तदान गर्नु भएको थियो ।
तिलोत्तमा रक्तदाता समाज तिलोत्तमाका गोबिन्द भन्डारीको अध्यक्षता , मिन तिवारीको स्बागत , माहासचिव अरुण पन्थीको सन्चालनमा भएको कार्यक्रमको संयोजन अर्जुन पान्डेले गर्नु भएको थियो ।