
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ ।मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।
पोसिलो, ताजा तथा स्वस्थ खानेकुरा जस्तै हरिया सागपात फलफूल, दाल तथा गेडागुडी, पशुपन्छीजन्य तथा दूधजन्य खानेकुरा खान जोड दिएको छ।

