ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आचारसंहिताले छपाइ व्यवसाय घट्यो

लुम्बिनी दर्पण २०७९ कार्तिक २५, शुक्रबार १२:५४
[sharethis-inline-buttons]

लुदअ

नेपालगञ्ज घरवारीटोलस्थित बिहानी प्रिन्टर्सका सञ्चालक हरि ज्ञवालीलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा छपाइको कामले भ्याइनभ्याइ थियो । “स्थानीय तहको निर्वाचनमा उम्मेदवारको सङ्ख्या बढी हुँदा छपाइ व्यवसाय राम्रो थियो तर आसन्न निर्वाचनमा उम्मेदवारको सङ्ख्या पनि कम भएको र आचारसंहिताका कारण छपाइ व्यवसाय अपेक्षा गरे जस्तो भएन”, उनले भने ।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा बाँके जिल्लाका ८१ वडामा चार सय पदका लागि एक हजारभन्दा बढी उम्मेदवार भएकाले सबैका लागि पर्चा छाप्दा दिनरात काम गर्नु परेको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा एक सय जना पनि उम्मेदवार नभएकाले छपाइको काम कम आएको उनको भनाइ छ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार सामग्रीमा आचारसंहिता लागू गरेपछि सामग्री प्रकाशन न्यून भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताए । “निर्वाचनमा प्रचारप्रसार सामग्रीमा आयोगको मापदण्ड अनुसार गर्नुपर्छ”, उनले भने “त्यसैले पनि छपाइको काम बढ्न नसकेको हुनसक्छ ।”

निर्वाचनमा टिसर्ट, ब्यानर, पर्चा पम्पलेट, घोषणापत्र, नमूना मतपत्र, प्रतिबद्धतापत्र, झण्डा, स्टिकर, ब्याच, झोला, गम्छालगायत सामग्री छाप्ने गरिन्छ । तर अहिले अधिकांश सामग्री प्रयोगमा बन्देज लगाइएको छ । निर्वाचनमा छपाइबाट राम्रो आम्दानी हुने आशामा बसेका व्यवसायीहरु आचारसंहिताका कारण सोचे जस्तो व्यवसाय नभएको नेपाल मुद्रण उद्योग सङ्घ बाँकेका अध्यक्ष विनोद पौडेलको भनाइ छ ।

त्यसका साथै केही उम्मेदवारहरूले भारतीय बजारमा छपाइ गर्ने भएकाले पनि यहाँका व्यवसायीहरुको आम्दानी घटेको म्याक्स बेल प्रिन्टिङ प्रेसका सञ्चालक मीना सुवेदी ढकालले बताइन् । “हामीले कच्चा पदार्थ ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले महङ्गो हुन जान्छ”, ढकालले भनिन्, “तर भारतीय बजारमा छपाइ गरी ल्याउँदा सस्तो पर्ने भएकाले छपाइका लागि अधिकांश भारतीय बजारमा जाने गरेका छन् ।”

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख नरबहादुर थापाले छपाइ भएर आउने सामग्रीको भन्सार भए नभएकोबारे जानकारी आफूलाई नभएको बताए । बाँके जिल्लामा करिब एकसय बढी छापाखाना छन् । नेपालगञ्जका यी छापाखानामा हिमाली तथा पहाडी जिल्लाका लागि सामग्री समेत छपाइ हुँदै आएको छ । अन्य जिल्लाबाट सरकारी, गैरसरकारी, वन उपभोक्ता समूहबाट छपाइसम्बन्धी काम आउने गरेको एभरेष्ट छापाखानाका सञ्चालक मोहम्मद बाहब खानले बताए ।


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार १२:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

१६ औं कपिलवस्तु महोत्सवमा ‘मम्मी डान्स प्रतियोगिता’ हुने

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech