गुल्मीको धुर्कोट परमानन्द क्याम्पसको वार्षिकोत्सब तथा क्याम्पस सभा सम्पन्न

[sharethis-inline-buttons]

शुसिल खनाल

धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको चौधौं वार्षिकोत्सब तथा बाह्रौं क्याम्पस सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न उक्त सभामा उपाध्यक्ष युवराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपप्रध्यापक श्री धर्मराज रिजालले गर्नुभएको थियो । संघीय संसद माननीय गोकर्ण राज विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश संसद माननीय दिनेश पन्थी, धुर्कोट गाउपालिका प्रमुख भुपाल पोख्रेलको विशेष आतिथ्यता र अतिथिहरुमा जननिर्वाचित प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि रहनुभएको थियो ।
उक्त सभामा क्याम्पस प्रमुख ऋषिराम पाण्डेले क्याम्पसको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो भने क्याम्पसका लेखापाल श्री नारायण प्रसाद पाण्डेले आ।व २०७८र०७९को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियोे । क्याम्पस संचालक समितिका संस्थापक सदस्य स्व। टोमलाल पाण्डेको स्मृतिमा उहाँकी श्रीमती श्री विमला पाण्डे र छोरा बुहारी श्री खेमलाल पाण्डेरअमृता पाण्डेले रु १,१०,००० । को स्व। टोमलाल पाण्डे अक्षयकोष र स्व। चन्द्रकला भण्डारीको स्मृतिमा उहाँका श्रिमान रामलाल भण्डारी र छोरा बुहारी बाबुराम भण्डारी र रिता भण्डारी, राजन भण्डारी र गीता भण्डारी र छोरी श्री लक्ष्मी भण्डारीले रु १,००,०००। को स्व चन्द्रकला भण्डारी स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।


प्रकाशित : २०७९ माघ १५, आईतवार १७:३१