न्यौपाने बंश समाजले रुपन्देहीको नयाँमिलमा महायज्ञ गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

न्यौपाने बंश समाज नेपाल तिलोत्तमा ५, नयमिलले यहि फागुन १ गतेदेखि ७ गतेसम्म पितृपुराण श्रीमद(भागवत बिराट ज्ञान महायज्ञ गर्ने भएको छ ।

महायज्ञबारे जानकारी दिन केन्द्रिय कार्यालय नयाँमिलमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले सो जानकारी दिएको हो । नयमिलस्थित समाजको आफ्नै कार्यालय र मन्दिर परिसरमा महायज्ञमा संचालन हुने र ब्यासाचार्य पण्डित नारायण प्रसाद न्यौपानेले कथावाचन गर्ने कार्यक्रम छ । रुपन्देही लगायत देशैभरि छरिएर रहेका कौडिन्य गोत्रीयहरुलाई एकिकृत गर्दै पितृहरुको उद्दार एवं न्यौपाने समाजको श्रीब्रिद्दिका लागि महायज्ञको आयोजना गरिएको यज्ञ आयोजक मूल समारोह समितीका संयोजक एवं न्यौपाने बंश समाजका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै सस्थापक अध्यक्ष खगुपति न्यौपानेले देश तथा बिदेशमा रहेका सम्पूर्ण न्यौपाने बन्धुहरुको साथ् र सहयोग महायज्ञमा रहने र यज्ञ पुर्णरुपमा सफल हुने बताउनुभयो । तस्तै सचिबालय संयोजक मेघराज न्यौपानेले, यहि माघ २६ गते सगोत्रियहरुको भेला डाकेर यज्ञ बारे थप छलफल गरिने छ ।

२०६० सालमा विधिवत रुपमा दर्ता भएर सस्थागत रुपमा आम गर्दै आएको न्यौपाने बंश समाज नेपाल पहिलो पटक महायज्ञ गर्न लागेको हो । महायज्ञ संचालन गर्न २२ वोटा उपसमिति समेत गठन गरिसकिएको छ ।


प्रकाशित : २०७९ माघ २४, मंगलवार १८:४०