
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १ मा छाडा चौपाया समन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तिलोत्तमा १ को आयोजना र लुम्बिनी मिडिया हवको समन्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले छाडा चौपाया नगरको सबैभन्दा ठुलो समस्या भएको बताउदै यसमा रुपनदेहीका अरु पालिका सगं समन्वय गरि समाधान गरिने बताउनु भयो । उहांले देशकै उकृष्ट नगर तिलोत्तमामा छाडा चौपायाका कारण किसानहरु सबै भन्दा पिडित रहेको भन्दै आफुहरु समाधानका लागी गरेको स्पस्ट पार्नु भयो ।
कार्यक्रममा तिलोत्तमा १ का वडा बासीले छाडा चौपायाका कारण आफुहरु सबैै भन्दा पिडित रहेको भन्दै समाधानकालागी नगर प्रमुखको ध्यान आर्कषण गराएका थिए । कायक्रम तिलोत्तमा १ का अध्यक्ष फर्सुराम गीरीको अध्यक्षता तथा लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

