स्काईलार्कको वार्षिक उत्सव तथा अभिभावक दिवस : सबै विद्यार्थीको प्रतिभा प्रस्फुटन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुलले वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलापसंगै अध्यापनमा समेत उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारीमा अवस्थित यस स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुल स्कुल हो जस्ले सबै विद्यार्थीहरुलाई स्टेज चढाउँछ । अरु विद्यालयले छनौट गरेर केहि विद्यार्थीहरुको मात्र प्रतिभा प्रस्फुटन गराउँछ भने स्काईलार्कले सबै विद्यार्थीहरुलाई स्टेज चढाई प्रतिभा प्रस्फुटन गराउँदा अभिभावकहरु दंग पर्छन् ।
त्यस्तै भयो स्काईलार्कको वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह ।

दिनभर वालवालिकाहरुका प्रस्तुती हेर्दा कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा अभिभावकहरु दंग परेका थिए । आ आफ्ना वालवालिकाहरुले प्रतिभा देखाउदा खुसीले गदगद हुंदै अभिभावकहरुले तस्बिर खिचिरहेका थिए । यता विद्यार्थीहरुले विभिन्न पोसाकमा सजिएर नृत्य, गीत, सन्देशमुलक नाटक लगायत दिनैभरी प्रस्तुत गरिरहेका थिए । यता शिक्षकहरुको पनि निकै सुन्दर नृत्य प्रस्तुत भएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्ण चन्द्र परियारले सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

आईतवार आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने अन्य विधाका विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो । पढाईसंगसंगै विद्यार्थीहरुको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गरि उनीहरुको हौसला वृद्धि गर्नका लागि पुरस्कार वितरण गरिएको स्कुलका प्रिन्सिपल तोलाकान्त डुम्रेले बताउनुभयो ।
त्यस्तै मिस्टर एण्ड मिस स्काईलार्कको रोमाञ्चक प्रतिस्पर्धा पनि सञ्चालन गरिएको थियो । जसको संयोजन आर.एल्स. ग्रुपका निर्देशक रामु खनालले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादु जिसीले स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुल जिल्ला, प्रदेशमा मात्र नभई राष्ट्रमै आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । शाखा प्रमुख जिसीले अतिरिक्त क्रियाकलाप मात्र नभई अध्यापनमा समेत अगाडि रहेको तथ्यांकले देखाएको भन्दै स्काईलार्क उत्कृष्ट शैक्षिक संस्था रहेको दावि गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पुरस्कार वालवालिकाहरुको जिवन्त जिवित रहने भन्दै थप हौसला बढ्ने बताउनुभयो । उहाँले नगरको शैक्षिक स्तरलाई माथि उठाउनका लागि नगरपालिका लागिपरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक रेशम पौडेलले स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुलको गुणस्तरीय शैक्षिक क्रियाकलापले शैक्षिक स्तरमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएका पौडेलले किताबि ज्ञानले मात्र विद्यार्थीहरुको क्षमता विकास नहुने भएकाले स्काईलार्कले गरेका क्रियकलाप प्रशंसनीय रहेको बताउनुभयो । वालवालिकाको क्षमता विकासमा विद्यालय र शिक्षकको मात्र नभई अभिभावकको भुमिका पनि उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो ।

स्कुलका प्रिन्सिपल तोलाकान्त डुम्रेले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डुम्रेले प्रत्येक क्रियाकलापमा हरेक वालवालिकाहरुलाई हसभागी गराई अगाडि बढ्दै आएकाले विद्यार्थीहरुको क्षमता पनि विकास हुंदै गएको भन्दै उनीहरुको ईच्छा रुची अनुुसार अभिभावहरुले पनि भुमिका खेल्न आग्रह गर्नुभयो ।

बाणगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, वडा सदस्य सावित्रा विक, कपिलवस्तु निर्माण व्यवसायी संघ अध्यक्ष सरोज अर्याल, लुम्बिनी विकास कोष सदस्य गोपीकृष्ण शर्मा, कपिलवस्तु नगरपालिकाका ईन्जिजियर राजेश सैनी, विद्यालयका सल्लाहकार आर टी खाँन लगायतको आतिथ्यता रहेको कार्यक्रम विद्यालयका शैक्षिक संयोजक धुर्व पौडेलको स्वागत तथा शिक्षक राम प्रसाद अधिकारी सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षक तथा पर्याप्त खेलमैदान सहित खेलकुदको समुचित व्यवस्था, वाल तथा अपांगतामैत्री, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छुट तथा निःशुल्क अध्यापन सहित हजारौ विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउन लागिरहेको छ स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुल ।

स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुलको वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका तस्बिरहरु :

 


प्रकाशित : २०७९ माघ २९, आईतवार १९:४८