
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १० र १२ मा टोल बिकाशका पदाधिकारीका लागी माईनोट लेखन, नेतृत्व बिकाश , उद्घोषण सम्बन्धी २ दिने तालीम सम्पन्न भएको छ ।
तिलोत्तमा १०का वडा अध्यक्ष गोपाल घिमिरेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरी चौधरिको प्रमुख आथित्तामा कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका उपप्रमुख जागेश्वरी चौधरीले नगरको बिकाशको लागी टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो ।उहाले काम गर्दै जादा केही समस्या पनि हुने भल्दै सहजिकरण गर्दै अगाडि बढने उल्लेख गर्नु भयो ।
करहिया मक्रहर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेले तिलोत्तमा नगरपालीकाले टोल बिकाश संस्थालाई समय अनुसारको तालीम दिएको भन्दै ब्यवाहारमा परिर्बतन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा तालिममा सहभागीको तर्फ बाट कृष्ण थारु तथा सुमित्रा पौडेलले बोल्नु भएको थियो ।
तिलोत्तमा नगरपालीकाका बरिष्ट सामाजिक बिकाश परिचालक अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको थियो ।

