प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ८ र ११ मा टोल बिकाशका पदाधिकारीका लागी माईनोट लेखन, नेतृत्व बिकाश , उद्घोषण सम्बन्धी २ दिने तालीम आज देखी सुरु भएको छ । तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा नगर स्तरिय टोल बिकाश संस्थाका अध्यक्ष हेमराज पौडेलको स्वागतमा कार्यक्रम सुरु भएको हो ।
। कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका वडा न ११ का वडा अध्यक्ष बिष्णु बरालले तालिमले सस्थां सन्चालनमा महत्वपुण भुमिका निर्वाह गर्ने भन्दै वडार नगरको बिकाशमा भुमिका खेल्ने दाबी गर्नु भयो । तिलोत्तमा नगरपालीकाका कार्यपालिका सदस्य राधा शाहिले नगरको बिकाशको लागी टोल बिकाशको भुमिका महत्वपुर्ण रहेको दावि गर्नु भयो ।
तिलोत्तमा नगरपालीकाका बरिष्ट सामाजिक बिकाश परिचालक अल्पा घिमिरेको सन्चालनमा भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ




















