‘विद्यार्थी गुणीय चक्र’ सहजकर्ता सम्बन्धि ३ दिने तालिम कपिलवस्तुमा सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
क्वेस्ट नेपाल लुम्बिनी हवको आयोजनामा विद्यार्थी गुण्ीाय चक्र (स्टुडेन्ट्स क्वालिटि सर्कल) सहजकर्ता क्षमता विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न गरिएको छ । बाणगंगाको पिस हिमालय रिसोर्टमा सम्पन्न उक्त तालिममा १३ वटा निजी विद्यालयहरुको उपस्थिती रहेको थियो ।

फागुन ७ गते प्रतिनिधि सभा सदस्य बलराम अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त तालिम प्याब्सन कपिलवस्तुका जिल्ला अध्यक्ष सुन्दर पाण्डेको प्रमुख आतिथ्यता समापन कार्यक्रम गरिएको हो । तालिममा सहभागी सम्पुर्णलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।

तालिममा विद्यार्थीहरुको शारिरीक, मानसिक, तथा संवेगात्मक पक्षको विकासका लागि शिक्षकहरुको अहम भूमिका रहनेमा जोड दिईएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको शैक्षिक भविष्य समुज्वल बनाउका लागि प्याब्सन सदैव तयार रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको स्वभाव फरक फरक हुने भएकाले उनीहरुको ईच्छा, चाहाना तथा रुचीको आधारमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई आफ्नो विद्यालयमा पनि लागु गर्न अनुरोध समेत गर्नुभयो ।


क्वेस्ट नेपालका निवर्तमान अध्यक्ष सुवर्णराज गिरी, बरिष्ठ उपाध्यक्ष नारद रिजाल र लिड टे«नर रवि श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

संयोजक मिलन भण्डारीले ३ दिने तालिम सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै तालिममा सिकेका कुराहरुलाई विद्यायमा लागु गर्न आह्वान गर्नुभयो ।

लुम्बिनी हवका संयोजक मिलन भण्डारी अध्यक्षता तथा सचिव मदन मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तस्बिहरु

 

 


प्रकाशित : २०७९ फाल्गुन १०, बुधबार ०९:१८