ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रत्न राज्यमा बेथिति, नियमावलीको धज्जी उडाउदै मनोनयनका लागि १५ हजार धरौटी

लुम्बिनी दर्पण २०७९ फाल्गुन १७, बुधबार १६:५२
[sharethis-inline-buttons]

लुदस, जितपुर
कही नभएको जात्रा कपिलवस्तुमा देखा परेको छ । शिक्षालाई सर्वसुलभ र सवैको पहुँचमा पुर्‍याउने उदेश्यले सरकारले सरकारी विद्यालयमा नि ः शुल्क शिक्षा अभियान चलाएपनी त्यो प्रभावकारी बनाउन नगरपालिकाहरुको जोडबल रहेकै बेला कपिलवस्तुको एक सरकारी विद्यालयले पहुँच र पैसावाला लाई व्यवस्थापन समितिमा ल्याउन शिक्षा नियमावली को धज्जी उडाउने गरि सुचना प्रकाशित गरेको हो ।

जिल्लाको सदरमुकाम तौलिहवामा रहेको रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयमा व्यवस्थापन समितिमा उमेद्वार हुन १५ हजार धरौटी राख्नुपर्ने निणर्य गरेको छ । यही फागुन १८ गते मनोनयन पत्र उमेद्वारी दिन १५ हजार धरौटी राख्नुपर्ने नियमको विपन्न अभिभावकहरुले विरोध जनाएका हुन् ।

यो निणर्य विद्यालय व्यवस्थापन समिति सदस्यहरुको छनौट सहयोग समिति ले फागुन ५ गते गरेको पत्रमा उल्लेख छ । छनौट समितिको संयोजकमा कपिलवस्तु नगरपालिकाकै शिक्षा अधिकृत संयोजक रहने व्यवस्था छ । यो व्यवस्थाले विपन्न अभिभावकहरु बन्जित हुने निश्चित छ ।

यस विषयमा संयोजक शिक्षा अधिकृत युवराज भुषालले लुम्बिनी दर्पणसँग कुराकानी गर्दै भने “ यहाँका सवै विद्यालयको अध्यास नै यस्तै छ के गर्नु निणर्य बदल्न नमिल्ने” भन्दै ग्रैह जिम्मेवार बने यता नगरकै शिक्षा क्षेत्रकै उप सचिव हरि प्रसाद ज्ञवालीले यस विषयमा आफु अनविज्ञ रहेको भन्दै नियमावलीमा नभएको विषय समावेश गर्न नमिल्लने भन्दै सवै अभिभावकको हक अधिकार सुनिश्चित हुने गरि निति संगत निणर्य हुनुपर्ने जनाए ।

परिच्छेद ३
यस्तो छ विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौट सम्बन्धी व्यवस्था
अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था : (१)
प्रधानाध्यापकले यस कार्यविधि बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन समितिका सदस्यहरू छनौट गर्ने प्रयोजनको लागि तत्कालको विद्यालय व्यवस्थापन समितिको तीन वर्षे अवधि सकिनु पूर्व नै कम्तीमा सात दिनको सूचना दिई अवधि सकिएको लगत्तै अर्को विद्यालय व्यवस्थापन समितिको गठन भइसक्ने गरी अभिभावकको भेला गराउनु पर्नेछ ।
(२)
दफा (५) र उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यो कार्यविधि लागु हुँदाको बखत विद्यालय व्यवस्थापन समितिको गठन नभएका वा साविकको विद्यालय व्यवस्थापन समितिको म्याद थप भएका विद्यालयहरुले यो कार्यविधि लागु भएको एक महिनाभित्र अभिभावक भेला गराई अर्को विद्यालय व्यवस्थापन समितिको गठन गरिसक्नुपर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम अभिभावकलाई भेला गराउनु तीन दिन अघि प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको सदस्यहरु छनौट गर्ने प्रयोजनका लागि अविभावकको नामावली विद्यालयमा सार्वजनिक गर्नु पर्नेछ ।
(४)उपदफा (३) बमोजिम अभिभावकको नामावली सार्वजनिक गर्दा विद्यार्थीका बाबु, आमा, बाजे वा बज्यै मध्येबाट विद्यालयको अभिलेखमा जनिएको एक जना विद्यार्थीको एक अभिभावकको नाम सार्वजनिक गर्नु पर्नेछ ।

(५) उपदफा (१) र (२) बमोजिम अध्यक्ष वा सदस्य छनौट गर्ने सम्बन्धमा अभिभावकलाई सहयोग गर्नको लागि देहायको विद्यालय व्यवस्थापन समिति गठन सहयोग समिति रहनेछ ।

(क) नगर कार्यपालिकाको कार्यालयका शिक्षा हेर्ने शाखा अधिकृत वा निज उपलब्ध नभएमा नगर कार्यपालिकाको कार्यालयले खटाएको अधिकृत — संयोजक
(ख) वडा अध्यक्ष वा निजले तोकेको वडा समितिको सदस्य — सदस्य
(ग) सम्बन्धित वडा कार्यालयबाट पठाइएका कर्मचारी एकजना — सदस्य
(घ) सम्बन्धित विद्यालयका प्रधानाध्यापकले तोकेको शिक्षक प्रतिनिधि एक जना — सदस्य (ङ) सम्बन्धित विद्यालयका प्रधानाध्यापक — सदस्य सचिव
(६) उपदफा (५) बमोजिमको समितिले नगरप्रमुख, नगरउप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुखहरुलाई आमन्त्रण गर्न सक्नेछ ।

(७) उपदफा (५) बमोजिमको समितिले विद्यालय व्यवस्थापन समितिको सदस्यहरुको छनौट गर्न आवश्यक निणर्यहरु गरी काम गर्न सक्नेछ ।

परिच्छेद ४
विद्यालय व्यवस्थापन समितिको सदस्यको योग्यता तथा राजिनामा सम्बन्धी व्यवस्था
विद्यार्थीको अभिभावक सम्बन्धी व्यवस्था :
(१)विद्यालयले विद्यालय व्यवस्थापन समितिको गठन प्रयोजनका लागि विद्यार्थीका बाबु, आमा, बाजे, बज्यै मध्ये कुनै एक जनाको नाममात्र अभिभावकको रूपमा राखेर अभिलेख तयार पारेको हुनु पर्नेछ ।

(२) दफा ८ को उपदफा (३) अनुसार प्रकाशित नामावलीमा एउटै अभिभावकका दुई वा दुई भन्दा बढी सन्ततिको हकमा पनि एउटै अभिभावकको नाममात्र प्रकाशन गर्नु पर्नेछ ।

(३) विद्यार्थीका चारै जना अभिभावक बाबु, आमा, बाजे, बज्यै जीवितै रहेको अवस्थामा बाबु वा आमा मध्ये एक जनाको नाम मात्र प्रकाशन गर्नु पर्नेछ ।


प्रकाशित : २०७९ फाल्गुन १७, बुधबार १६:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech