रत्न राज्यमा बेथिति, नियमावलीको धज्जी उडाउदै मनोनयनका लागि १५ हजार धरौटी

[sharethis-inline-buttons]

लुदस, जितपुर
कही नभएको जात्रा कपिलवस्तुमा देखा परेको छ । शिक्षालाई सर्वसुलभ र सवैको पहुँचमा पुर्‍याउने उदेश्यले सरकारले सरकारी विद्यालयमा नि ः शुल्क शिक्षा अभियान चलाएपनी त्यो प्रभावकारी बनाउन नगरपालिकाहरुको जोडबल रहेकै बेला कपिलवस्तुको एक सरकारी विद्यालयले पहुँच र पैसावाला लाई व्यवस्थापन समितिमा ल्याउन शिक्षा नियमावली को धज्जी उडाउने गरि सुचना प्रकाशित गरेको हो ।

जिल्लाको सदरमुकाम तौलिहवामा रहेको रत्नराज्य लक्ष्मी माध्यामिक विद्यालयमा व्यवस्थापन समितिमा उमेद्वार हुन १५ हजार धरौटी राख्नुपर्ने निणर्य गरेको छ । यही फागुन १८ गते मनोनयन पत्र उमेद्वारी दिन १५ हजार धरौटी राख्नुपर्ने नियमको विपन्न अभिभावकहरुले विरोध जनाएका हुन् ।

यो निणर्य विद्यालय व्यवस्थापन समिति सदस्यहरुको छनौट सहयोग समिति ले फागुन ५ गते गरेको पत्रमा उल्लेख छ । छनौट समितिको संयोजकमा कपिलवस्तु नगरपालिकाकै शिक्षा अधिकृत संयोजक रहने व्यवस्था छ । यो व्यवस्थाले विपन्न अभिभावकहरु बन्जित हुने निश्चित छ ।

यस विषयमा संयोजक शिक्षा अधिकृत युवराज भुषालले लुम्बिनी दर्पणसँग कुराकानी गर्दै भने “ यहाँका सवै विद्यालयको अध्यास नै यस्तै छ के गर्नु निणर्य बदल्न नमिल्ने” भन्दै ग्रैह जिम्मेवार बने यता नगरकै शिक्षा क्षेत्रकै उप सचिव हरि प्रसाद ज्ञवालीले यस विषयमा आफु अनविज्ञ रहेको भन्दै नियमावलीमा नभएको विषय समावेश गर्न नमिल्लने भन्दै सवै अभिभावकको हक अधिकार सुनिश्चित हुने गरि निति संगत निणर्य हुनुपर्ने जनाए ।

परिच्छेद ३
यस्तो छ विद्यालय व्यवस्थापन समितिको सदस्यको छनौट सम्बन्धी व्यवस्था
अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था : (१)
प्रधानाध्यापकले यस कार्यविधि बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन समितिका सदस्यहरू छनौट गर्ने प्रयोजनको लागि तत्कालको विद्यालय व्यवस्थापन समितिको तीन वर्षे अवधि सकिनु पूर्व नै कम्तीमा सात दिनको सूचना दिई अवधि सकिएको लगत्तै अर्को विद्यालय व्यवस्थापन समितिको गठन भइसक्ने गरी अभिभावकको भेला गराउनु पर्नेछ ।
(२)
दफा (५) र उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यो कार्यविधि लागु हुँदाको बखत विद्यालय व्यवस्थापन समितिको गठन नभएका वा साविकको विद्यालय व्यवस्थापन समितिको म्याद थप भएका विद्यालयहरुले यो कार्यविधि लागु भएको एक महिनाभित्र अभिभावक भेला गराई अर्को विद्यालय व्यवस्थापन समितिको गठन गरिसक्नुपर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम अभिभावकलाई भेला गराउनु तीन दिन अघि प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको सदस्यहरु छनौट गर्ने प्रयोजनका लागि अविभावकको नामावली विद्यालयमा सार्वजनिक गर्नु पर्नेछ ।
(४)उपदफा (३) बमोजिम अभिभावकको नामावली सार्वजनिक गर्दा विद्यार्थीका बाबु, आमा, बाजे वा बज्यै मध्येबाट विद्यालयको अभिलेखमा जनिएको एक जना विद्यार्थीको एक अभिभावकको नाम सार्वजनिक गर्नु पर्नेछ ।

(५) उपदफा (१) र (२) बमोजिम अध्यक्ष वा सदस्य छनौट गर्ने सम्बन्धमा अभिभावकलाई सहयोग गर्नको लागि देहायको विद्यालय व्यवस्थापन समिति गठन सहयोग समिति रहनेछ ।

(क) नगर कार्यपालिकाको कार्यालयका शिक्षा हेर्ने शाखा अधिकृत वा निज उपलब्ध नभएमा नगर कार्यपालिकाको कार्यालयले खटाएको अधिकृत — संयोजक
(ख) वडा अध्यक्ष वा निजले तोकेको वडा समितिको सदस्य — सदस्य
(ग) सम्बन्धित वडा कार्यालयबाट पठाइएका कर्मचारी एकजना — सदस्य
(घ) सम्बन्धित विद्यालयका प्रधानाध्यापकले तोकेको शिक्षक प्रतिनिधि एक जना — सदस्य (ङ) सम्बन्धित विद्यालयका प्रधानाध्यापक — सदस्य सचिव
(६) उपदफा (५) बमोजिमको समितिले नगरप्रमुख, नगरउप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुखहरुलाई आमन्त्रण गर्न सक्नेछ ।

(७) उपदफा (५) बमोजिमको समितिले विद्यालय व्यवस्थापन समितिको सदस्यहरुको छनौट गर्न आवश्यक निणर्यहरु गरी काम गर्न सक्नेछ ।

परिच्छेद ४
विद्यालय व्यवस्थापन समितिको सदस्यको योग्यता तथा राजिनामा सम्बन्धी व्यवस्था
विद्यार्थीको अभिभावक सम्बन्धी व्यवस्था :
(१)विद्यालयले विद्यालय व्यवस्थापन समितिको गठन प्रयोजनका लागि विद्यार्थीका बाबु, आमा, बाजे, बज्यै मध्ये कुनै एक जनाको नाममात्र अभिभावकको रूपमा राखेर अभिलेख तयार पारेको हुनु पर्नेछ ।

(२) दफा ८ को उपदफा (३) अनुसार प्रकाशित नामावलीमा एउटै अभिभावकका दुई वा दुई भन्दा बढी सन्ततिको हकमा पनि एउटै अभिभावकको नाममात्र प्रकाशन गर्नु पर्नेछ ।

(३) विद्यार्थीका चारै जना अभिभावक बाबु, आमा, बाजे, बज्यै जीवितै रहेको अवस्थामा बाबु वा आमा मध्ये एक जनाको नाम मात्र प्रकाशन गर्नु पर्नेछ ।


प्रकाशित : २०७९ फाल्गुन १७, बुधबार १६:५२