हथौसा लिटिल स्टार बोर्डिङ्गको १९ औं वार्षिक समारोह तथा अभिभावक दिवस

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कपिलवस्तु, २७ चैत्र
विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागी गराउदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलले १९ औं वार्षिक समारोह तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । स्कुलको प्रांगणमा आयोजित समारोहमा वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण गर्नुका सार्थ विद्यार्थी तथा शिक्षकहरुका समेत मनोरन्जनात्मक प्रतिभा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले निजि विद्यालयहरुको गुणस्तर अब्बल बन्दै गएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले लिटल स्टारले शिक्षाको गुणस्तरमा फड्को मारेको बताउदै आगामी दिनमा अझै राम्रो गर्न सुझाव दिनु भयो । निजी विद्यालयहरुले शैक्षिक गुणस्तर सँगै व्यवहारिक र नैतिक शिक्षालाई पनि जोड दिनु पर्ने बताउनु भयो । राम्रो गर्ने विद्यालयलाई सहयोग र पुरस्कृत पनि गर्दै लैजाने उहाँले जनाउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले विद्यालयको शैक्षिक प्रगतिप्रति खुशी व्यक्त गर्नु भयो । निजि विद्यालयहरुमा शिक्षाको गुणस्तर उत्कृष्ट रहेको भन्दै वालवालिकाको सिकाई अझै प्रभावकारी बनाउन आग्रह गर्नु भयो । प्याब्सनका केन्द्रीय सदस्य शिव गैरेले निजी विद्यालयको गुणस्तर अत्यन्तै राम्रो भएको भन्दै सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार नगर्न आग्रह गर्नु भयो ।

विद्यालयका प्राचार्य सुन्दर पाण्डेले विद्यालयले विज्ञान, प्रविधिमैत्री, शिक्षण पद्धती अबलम्बन गर्ने बताउनु भयो । विद्यालयले वालवालिकालाई विश्वव्यापी प्रतिष्प्रर्धी बनाउन आइएसए/एसक्युटिसी जस्ता कार्यक्रमलाई निरन्तरता दिदै वर्तमान समय सान्दर्भिक कार्यक्रमहरु गर्ने प्राचार्य पाण्डेले बताउनु भयो । विद्यालयले शिक्षण सिकाई प्रभावकारी र वालवालिकालाई संस्कारी, नैतिकवान बनाउन प्रयत्न गर्ने बताउनु भयो ।

कार्यक्रममा कक्षामा विभिन्न स्थान हासिल गर्ने, वर्ष विद्यार्थी, अनुशासित विद्यार्थी, अन्त्यन्त क्रियाशिल विद्यार्थीहरुलाई विभिन्न तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई मेडल सहित पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज भुषालको अध्यक्षता, सहायक प्रअ रमेश भट्राईको स्वागतमा भएको कार्यक्रममा व्यवस्थापन समितिका सदस्य डिल्लीराम भट्राई, प्याब्सनका जिल्ला सचिव नविन शर्मा, अविभावक गिता तिमिल्सिना लगायतले शुभकामना दिदै विद्यालयको थप प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रममा विभिन्न समुदायका भाषा संस्कृति झल्कने गरि सन्देशमुलक नृत्य प्रस्तुत गरिएको थियो।

२०५९ सालमा स्थापना भएको विद्यालयमा एक हजार बढि विद्यार्थी अध्ययनरत रहेका छन ।


प्रकाशित : २०७९ चैत्र २८, मंगलवार १५:३६