ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शितगंगा नगरपालिकाकै अनुमतीमा चुरे दोहन, ठेकेदारको डरका कारण स्थानीय मौन

Lumbini Darpan 2 २०८० बैशाख २५, सोमबार २०:१२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
ठेकेदारले जे.सी.वि.प्रयोग गरेर मनपरि चुरे दोहन गरेका छन् । स्थानीय सरकारले केही ठेकेदारसंग मिलेर ऐनकानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रिने अनुमती दिएको फेला परेको हो ।
अर्घाखाँचीको शितगंगा नगरपालिका १२ मुसियान खोलामा नगरले रुपन्देहीको स्वभिमान कन्ट्रक्सनलाई चुरे क्षेत्र बाणगंगाको माथिल्लो तटीय क्षेत्रबाट ४ हजार ६ सय ३ घनमिटर नदिजन्य पदार्थ निकासीका लागि ठेक्का दिएको छ ।
तर ठेकेदारले जे.सी.वि को प्रयोग गरि नदिजन्य पदार्थ निकासीका लागि आधा दर्जन टिप्परको प्रयोग गरि मनपरि दोहन गरेको स्थानीयले बताए । एउटा टिप्परले दैनिक १२/ १५ ट्रिप गर्ने गरेको स्थानियको भनाई छ । सितगंगा नगरपालिका र ठेकेदार पक्षबिच २०७९ चैत्र १५ गते भएको सम्झौतामा समेत विवादास्पत सम्झौता छ ।

सम्झौता अनुसार ठेकेदार पक्षले उत्खनन गर्न पाउने नदी क्षेत्रको सीमा नै स्पष्ट उल्लेख छैन । शितगंगा नगरपालिका वडा नम्बर १२ मुसियान खोला–वगाले विसौना अर्घाखाँची र कपिलवस्तुको सिमाना कुसुमको रुख देखि सिकारी र मुसियान खोलाको दोभान सम्मको क्षेत्र भनी उल्लेख गरिएको भए पनि ठेकेदार पक्ष र स्थानीयका बिच अहिले विवाद भइरहेको छ । कुसुमको रुखलाई सीमाना मानिएको भए पनि कुन कुसुमको रुख भन्ने नै किटान छैन । सो बनमा कुसुमका रुख धेरै छन् । उक्त ठेक्का स्वाभिमान कन्र्सट्रक्सन बुटवलले मुल्य अभिवृद्धी करबाहेक १३ लाख ३ सयमा ठेक्का लिएको सम्झौतामा उल्लेख छ । तर सम्झौता भन्दा चारगुणा बढीको नदिजन्य पदार्थ उत्खनन् भइसकेको स्थानीय बताउँछन् ।

यति हुँदा सम्म नगरपालिका भने बेखबर छ । शितगंगा नगरपालिकाका सूचना अधिकारी गणेश बहादुर थापाले त्यस्तो नहुनुपर्ने भन्दै आफूलाई जानकारी नभएको गैर जिम्मेवार जवाफ दिएका छन् । उनले ठेक्का भएको भन्ने सुनेको तर कुन क्षेत्र र कहाँ भन्ने विषयमा आफू जानकार नभएको बताए । नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको पनी यस्तै भनाई छ । उनले यसवारेमा लुम्बिनी दर्पणकर्मीले जिज्ञासा राखेपछी अनुगमन गर्ने र भन्ने बताए । ठेक्का अनुसार खोलामा जेसिबी वा कुनैपनि मेसिनको प्रयोग गर्न नपाइने सूचना अधिकारी थापाको भनाई छ । तर ठेकेदार पक्षले भने खोलामै जेसिबीको प्रयोग गरी धमाधम काम गरिरहेका छन् ।

नदिजन्य पदार्थ उत्खनन्का विषयमा समेत कपिलवस्तुको खुतखुते सामुदायिक वनका उपभोक्ता र ठेकेदार पक्षविच पटक पटक विवाद समेत भएको छ । आफूहरुले वर्षाै देखि सोही स्थानको मुहानबाट आउने पानिको प्रयोग गरिरहेको भए पनि सिगतगंगा नगरपालिकाले लगाएको ठेक्काले पानिको मुहान सुक्ने डर भएको स्थानीय सोमलाल गिरिले बताए । उनले ठेकेदार पक्षले मापदण्ड भन्दा विपरित नदीजन्य पदार्थ निकाल्दा पानीको मुहान सुक्ने र त्यसको प्रत्यक्ष असर आफूहरुलाई पर्ने बताए । यस्तै उनले कपिलवस्तु र अर्घाखाँचीको सिमाना कुसुमको रुख भनिएको तर उक्त क्षेत्रमा कुन कुसुमको रुख भन्ने एकिन नभएको पनि उनको भनाइ छ ।

यस्तै नगरपालिका र ठेकेदार पक्षका विचमा गरिएको सम्झौता पत्रमा उल्लेखित नदि तथा खोला बाहेक नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्री वितरण कार्य चुरे, मध्यवर्ती क्षेत्र, राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र नेपाल सरकारले निषेश गरेको स्थलहरुबाट गर्न नपाइने भनिएको छ । तर हाल भने यी सबै मापदण्ड र नियमहरुको पालना नगरि मनपरी ढङ्गले चुरे क्षेत्र र सामुदायिक वन भित्र निर्वाध ढुङ्गा, गिटी र मिसकट उठाइएको छ । यस्तै प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईई) समेत अभिन्न अंग भनिएको भए पनि स्थानीयको विरोधका बिच उक्त कार्यलाई जारी राखिएको छ ।

ठेकेदार पक्षले २०७९ चैत्र १७ गते देखि २०८० जेष्ठ १५ गते सम्म उत्खनन्को सम्झौतामा हस्ताक्षर गरेका छन् । देखावटी रुपमा कामदार लगाएर चुरे क्षेत्रको खोलमा भएका ठूला ठूला ढुङ्गा फोडेर राखिएको भए पनि अन्य समयमा जेसिबिले उत्खनन भइरहेको बताइन्छ । यहाँका नागरिकहरु पिउने पानी र सिँचाईका लागि समेत चुरे क्षेत्रको मूलबाट आउने पानीको प्रयोग गर्दै आएका छन् ।

ठेकेदारको डरका कारण बोल्दैनन् स्थानीय
चुरे दोहनले खेतियोग्य जमिन बाटोघाटो ध्वस्त पारेको र शान्त गाउँ आक्रान्त पारेको विलौना गर्ने स्थानियहरु क्यामरामा भने बोल्न डराउछ्न ठेकेदारका मान्छे र गाउँका ठुलावडाहरु मिलेमत्तो गरि आफुहरुलाई धम्काउने भन्दै नाम समेत गोप्य राख्न अनुरोध गरे । स्थानीय सरकारमा सहभागी व्यक्तिहरू नै चुरे क्षेत्रको दोहनमा लागेकाले पनि यो झनै जटिल समस्या बन्दै गएको स्थानियहरु बताउछन् । चुरेको वन क्षेत्रबाट दिनहुँ जे.सी.वि को प्रयोग गरि टिपरले ढुड्डा ,चट्टान ओसार्दा पनि वन कार्यालयले केही गर्न नसक्नुको पछाडि यो कार्यमा शक्तिशाली व्यक्तिहरुको संलग्नता रहेको बुझिन्छ ।

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा जे जसरी अनियन्त्रित ढंगले उत्खनन भइरहेको छ त्यस विषयमा सरकारी निकायको मौनता आश्चर्यजनक छ । यो क्षेत्रका विभिन्न नदी तथा खोलामा जथाभाबी रूपमा नदीजन्य पदार्थको उत्खनन हुँदै आए पनि यसको नियन्त्रणका लागि सरकारी निकाय वा यसको अनुगमन गर्नुपर्ने संस्थाहरूले त्यस विषयमा पहलकदमी लिएको देखिँदैन ।

सरकारी निकायहरूको यही मौनताको फाइदा उठाउँदै चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै खोस्रेर , ढुंगा लगायतका सामग्री दैनिक रूपमा ठूलो परिमाणमा निकासी हुने गरेको पाइएको छ । उत्खननका कारण वन क्षेत्र र चुरे क्षेत्रको विनाशमात्र भइरहेको छैन, त्यस क्षेत्रको बस्ती र पर्यावरणीय जोखिम समेत बढेको छ । त्यसो त चुरे क्षेत्रको विनाश रोकी वातावरण संरक्षण गर्नैकै लागि भनी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइएको हो । तर, यो कार्यक्रम लागू भएपछि पनि चुरे क्षेत्रको विनाशमा कमी नआउनु विडम्बनापूर्ण विषय हो ।

एकातिर सरकारले चुरे संरक्षणका लागि कार्यक्रम ल्याएको छ भने अर्कोतिर त्यस्ता कार्यक्रमलाई स्थानीय सरकारले धज्जी उडाउने काम गरिरहेका छन् । स्थानीय सरकारले केही ठेकेदारसित मिलेर ऐनकानुनको धज्जी उडाउँदै चुरे पहाडको पिँध खोस्रिने गरेका छन्। अझ विशेष गरी स्थानीय सरकारमा सहभागी व्यक्तिहरु नै चुरे क्षेत्रको दोहनमा लागेकाले पनि यो झनै जटिल समस्या बन्दै गएको छ । त्यसो त वन कार्यालयले बेलाबेलामा चुरे क्षेत्रबाट कतिपय सवारीसाधन नियन्त्रणमा लिए पनि तत्कालै छाड्न बाध्य हुने गरेको छ। त्यसको पछाडिको मुख्य कारण भनेको गिट्टीबालुवा निकासीमा स्थानीय सरकारका प्रतिनिधिदेखि अन्य शक्तिशाली व्यक्तिहरू जोडिनु हो ।

चुरे वन क्षेत्रमा मेसिन प्रयोग गरी मालवस्तु निकाल्ने व्यवस्था कानुन विपरीत हो भन्ने थाहा हुदाहुदै पनि यो क्षेत्रमा स्थानिय तहले नै मेसिनको प्रयोग अनुमती दिनु रहस्यमय छ । र, यसरी मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खननमा स्थानीय सरकारहरूको होडबाजी नै देखिनुचाहिँ आश्चर्यको विषय हो । तोकिएको सीमाभन्दा बढी उत्खनन भइसक्दा पनि अनुगमन गर्ने निकायको अभावका कारण जथाभाबी रुपमा खोला दोहन भइरहेको छ । यो अवस्थामा अनियन्त्रित हिसाबले भइरहेको चुरे दोहन नियन्त्रणका लागि अनुगमन गर्ने निकायहरुले प्रभावकारी हिसाबले काम गर्न आवश्यक छ ।

त्यसका लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी चुरे दोहनलाई नियन्त्रण गर्नेतर्फ पहलकदमी लिन पनि उत्तिकै जरुरी छ । चुरे दोहनलाई बेलैमा नियन्त्रण गर्नेतर्फ ध्यान नदिने हो भने यसले भविष्यमा ठूलै विपत्ति ल्याउन सक्छ । त्यसैले पनि यसतर्फ संघीय सरकारमात्र होइन, प्रदेश र स्थानीय सरकार पनि उत्तिकै सजग हुन जरुरी छ । मुख्य कुरा चुरे संरक्षणका लागि ल्याइएका कार्यक्रमहरुको प्रभावकारी हिसाबले कार्यान्वयन गर्नुपर्छ भने चुरे दोहनमा संलग्न जोकोहीलाई पनि कानुनी कारबार्ही गर्नुपर्छ ।


प्रकाशित : २०८० बैशाख २५, सोमबार २०:१२

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित तीन जना सिफारिस

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech