तिलोत्तमा, २, आषाढ ।
प्रकाश गौतम
राष्टिय स्वतन्त्र पाटी तिलोत्तमा वडा ८ को वडा भेला तथा अधिबेशन आज सम्पन्न भएको छ । सम्पन्न अधिबेशन बाट तिलोत्तमा ८को पार्टीको तदर्थ समिति संयोजक रमाकान्त भुषालको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा सीता न्यौपाने तिवारी ,सचिवमा प्रकाश तिवारी, सदस्यहरुमा प्रतीक पाण्डेय,बुद्धि सापकोटा,मिना सारु मगर ,निशा मिजार,टेक वहादुर थापा,साबित्रा पाण्डेय,मोहन प्रसाद उपाध्याय,प्रेमनाथ ढकाल रहनु भएको छ ।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीको केन्द्रीय सहमाहामन्त्री एव संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा प्रकाश ज्ञवाली,हिमेश पन्त,नरेश पछाई, खडान्नद पौडेल,रुकमागत भारती,डिल्लीराज पैनी ,रेवती ज्ञवालीले लगायतले मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्य यमुना खरेल पराजुलीले गर्नु भएको कार्यक्रमको संचालन कृष्ण तिवारीले गर्नुभएको थियो ।




















