एस ई ई मा रुपन्देहीकै उत्कृष्ट कञ्चन हरैया माध्यमिक बिद्यालयमा बधाई तथा शुभकामना सप्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीको कञ्चन वडा न ३ हरैया माध्यमिक बिद्यालयमा एस ई ई नतिजा २०७९ सफल बिद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले गुणस्तरीय शिक्षामा गाउँपालिका लागि परेको बताउदै शिक्षा गुणस्तरीय बनाउने तर्फ शिक्षक र भौतिक संरचना बनाउन बिद्यालय ब्यबस्थापन समिति लाग्नुपर्नेमा जोड दिदै आफ्नो प्रमुख उदेश्य शिक्षामा परिवर्तन रहेको भनाई राख्दै जिल्ला उत्कृष्ट बिद्यालय हरैया माद्यामिक बिद्यालय र बिद्यार्थी समुन्द्र ढुगांनालाई लाई बधाई शुभकामना दिनु भएको हो ।

विशिष्ट अतिथि सामाजिक बिकास संयोजक चित्रलाल तुलाचनले शिक्षा बिना कुनैपनी कुराको परिवर्तन संभावना नरहेको बताउदै शिक्षाको लगानी कहिले पनि खेरा नजाने बताउदै घरपरिवारमा गरिने फजुल खर्च शिक्षामै लगाउन आग्रह गर्दै हरैया माध्यमिक बिद्यालयलाई ८ कोठा बराको भौतिक भवन बनाउन गाउँपालिका लागिपरेको बताउदै जिल्ला उत्कृष्ट समुन्द्र ढुगांना र हरैया माध्यमिक बिद्यालयलाई धन्यवाद दिनु भयो। कार्यक्रममा शुभकामना मन्तव्य वडा अध्यक्ष टिकाराम सापकोटा , समाज सेवि पुषराज शर्मा , राम ,बहादुर थापा बिद्यालय ब्यबस्थापन समिति पुर्व अध्यक्ष भरत मणि सापकोटा, लगाएत ले आफ्नो भनाइ राख्दै बिद्यालय को प्रगतिको लागि सबैले आआफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नुपर्ने जोड दिदै हरैया माध्यमिक बिद्यालयले अहिले को नतिजालाई कायम राख्नुपर्नेमा जोड दिनु भएको थियोे।उत्कृष्ट बिद्यार्थीहरुलाई टीका प्रमाणपत्र खादा नगद डाईरी सहिद सम्मान गरिएको थियोे

 

छात्रवृत्ति कक्षा १ देखि ५ सम्म सम्पूर्ण बिद्यार्थीलाई कक्षा ५ देखि ८ सम्म दलित बिद्यार्थी हरुलाई कक्षा ८ देखि कक्षा १० सम्म गरिव जेहन्दार बिद्यार्थी लाई वितरण गरिने शिक्षक राजेन्द्र ढकालले जानकारी दिनु भयो। यस्तै कार्यक्रममा बिद्यालयका प्राचार्य मेगनाठ शर्मा ले बिद्यालय लाई सबै जनप्रतिनिधि कर्मचारी शिक्षक अभिभावक बिद्यार्थीको सहयोगले जिल्लामै उत्कृष्ट भएको बताउदै आफू सधै बिद्यालय उत्कृष्ट बनाउनेतर्फ लाग्ने भनाइ राख्नु भयो कार्यक्रममा स्वागत मन्तव्य सहायक प्राचार्य प्रकाश आचार्यले गर्नु भएको थियोे ,कार्यक्रमको सन्चालक शिक्षक कलाधर ढकालले गर्नु भएको हो


प्रकाशित : २०८० श्रावण २, मंगलवार १५:५५