दानव नदिले बगाउदा रुपन्देहीको मर्चवारमा एक महिला बेपत्ता भएकी छन् । सम्मरीमाइ गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दानव खोलामा दाउरा लिन जादा बेपत्ता भएकी हुन ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दिपक कुंवरका अनुसार दिउसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए । सोही क्रममा दानव खोलामा आएको बाढीले मानती यादवलाई बगाएको कुंवरले बताए ।
बेपत्ता यादवको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले खोजी गरिरहेको उनले बताए ।





















