प्रकाश गौतम
कालिका सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११ को आयोजनामा आज देखी ५ दिने उद्घोषण तालीम सुरु भएको छ । कालिका सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष उमाकला चौधरीको अध्यक्षता तथा तिलोत्तमा ११ अध्यक्ष बिश्णु बरालको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा ११ अध्यक्ष बिश्णु बरालले आवाजकै माध्यम बाट समाज परिर्बतन गर्न सकिने भन्दै सबै शिक्षित र दक्ष हुनुपर्ने बताउनु भयो । उहाले तालीमले मानबिय बिकाशमा भुमिका खेल्ने बताउदै तालीम निकै फलदायी रहने दाबि गर्नु भयो ।
कालिका सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११का उपाध्यक्ष राम ब मल्लको स्वागत , लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमको सहजिकरणमा सुरु भएको कार्यक्रमको बनका सचिव चित्र बोहोरा क्षेत्रीले सन्चालन गर्नु भएको थियो । तालीममा बन क्षेत्र भित्रका २४ जनाको सहभागीता रहेको छ ।




















