कालिका सामुदायीक बन तिलोत्तमा ११ मा ५ दिने उद्घोषण तालीम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
कालिका सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा ११ को आयोजनामा सुरु भएको ५ दिने उद्घोषण तालीम आज सम्पन्न भएको छ । कालिका सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष उमाकला चौधरीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका ११ अध्यक्ष बिश्णु बराल क्षेत्रिको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै तिलोत्तमा ११ अध्यक्ष बिश्णु बराल क्षेत्रिले यस्ता तालीमले मानबिय बिकाशमा भुमिका खेल्ने बताउदै तालीम निकै फलदायी रहेको बताउनु भयो । उहाले आगामी दिनमा तालिम बाट सिकेका कुरालाई ब्यवाहारमा उर्तान आग्रह गर्नु भयो ।

तालिममा सहभागी गंगा पौडेल र आरति गौडेलले तालिम निकै फलदायी रहेको भन्दै तालीम बाट सिकेका कुरा समाजमा लागु गर्ने प्रतिबद्धता जनाउनु भयो ।

लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमको सहजिकरणमा भएको कार्यक्रमको बनका सचिव चित्र बोहोरा क्षेत्रीले सन्चालन गर्नु भएको थियो । तालीममा बन क्षेत्र भित्रका २४ जनाको सहभागीता रहेको थियो ।


प्रकाशित : २०८० श्रावण १५, सोमबार १७:३९