ब्राह्मण समाज नेपाल तिलोत्तमा ११को वडा भेला तथा अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

ब्राह्मण समाज नेपाल जिल्ला रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं ११मा वडा भेला तथा अधिवेशन सम्पन्न गरेको छ ।

समाजका केन्द्रीय उपाध्यक्ष रोमणी पाठकको प्रमुख आतिथ्यता तथा ब्राह्मण समाज केन्द्रीय कार्य सम्पादन समिति सदस्य पार्बती भन्डारीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय उपाध्यक्ष रोमणी पाठकले धर्म सस्कार बचाउन र ब्राह्मणको अधिकारका लागी अहिले अगाडि आउनुको बिकल्प नरहेको बताउनु भयो ।

उहाले राज्यले समेत अहिले ब्राह्मणहरुलाई दोस्रो दर्जाको रुपमा ब्यबाहर गरेको बताउनु भयो । कार्यक्रममा ब्राह्मण समाज केन्द्रीय कार्य सम्पादन समिति सदस्य पार्बती भन्डारीले यो कुनै जातिय लडाइ नभएर आफुहरुले राज्य सगं आफ्नो अधिकार मागेको बताउनु भयो ।

उहाले राज्य धर्मनिरेपेक्ष हुन नसक्ने भन्दै हिन्दु राज्यले मात्र नेपाल र नेपालीको संरक्षण हन सक्ने बताउनु भयो । कार्यक्रममा तिलोत्तमा ११ का खुमाकान्त डुम्रे , गोपाल ज्ञवाली , प्रकाश गौतम लगायतले बोल्नु भएको थियो ।

ब्राह्मण समाज नेपाल तिलोत्तमा ११ का तर्दथ समिति अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता तथा गोबिन्द पान्डेको संन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० श्रावण २०, शनिबार १८:२९