शिक्षाको बिकाश बिना समुन्नत समाजको निर्माण हुन नसक्ने पुर्बमन्त्री बिश्वकर्मा ,जनभावना मा.बि मा सभाहल तथा सौर्य उर्जा प्लान्टको उद्घाटन

[sharethis-inline-buttons]

प्रकाश गौतम
तिलोत्तमा साउन २१
रुपन्देही क्षेत्र न १ सांसद तथा पुर्ब मन्त्री छविलाल बिश्वकर्माले शिक्षाको बिकाश बिना समुन्नत समाजको निर्माण हुन नसक्ने बताउनु भएको छ । उहाँले अहिलेको पहिलो आबस्यकता नै गुणस्तरिय शिक्षा भएको बताउनु भएको हो ।

रुपन्देहीको तिलोत्तमा ८ मा रहेको जनभावना माध्यमीक बिद्यालयको निर्माण गरिएको सभाहल तथा सौर्य उर्जा प्लान्टको आज उद्घाटन गर्दै उहाले भैतिक पुर्बाधार सगै गुणस्तरिय शिक्षामा जोड दिनु भयो । सरकारले अहिले कक्षा ६ र ७ का बिद्यार्थिलाई दिवा खाजा कटौती गरेको भन्दै पुर्ब मन्त्री समेत रहनु भएका बिश्वकर्माले त्यसको लागी समेत आफुले सरकारको ध्यान आर्कषण गराएको स्पस्ट पार्नु भयो ।
कार्यक्र्ममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरले शिक्षाको बिकाशको लागी आवस्यक पहल गरेको बताउनु भयो । उहाले बिधार्थिलाई घोकन्ते बिद्याले मात्र केही नहुने उल्लेख गरि सृजनशिल बनाउन शुक्रबार लाई नो बुक नो ब्यागको अवधारणा ल्यायको उल्लेख गर्नु भयो ।

तिलोत्तमा ८ का वडा अध्यक्ष कृष्ण पौडेलले बिद्यालयको भैतिक सगै गुणस्तरियता बढाउन नगरमा पहल गर्ने बताउनु भयो । उहाँले सामुदायीक बिधालयमा सबैको लगाव र प्र्रयासले काम सफल हुने बताउनु भयो । बिद्यालयका प्रअ शम्भुप्रसाद पराजुलीले सभाहल निर्माणले अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग पुगेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादु खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक शालिकराम भुषाले गर्नु भएकोथियो ।


प्रकाशित : २०८० श्रावण २१, आईतवार १६:४६