रुपन्देहीको तिलोत्तमा ११ द्धारा वडाभित्र अवैध कुखुराको चल्ला, मासु रअण्डा बेच्न प्रतिबन्ध

[sharethis-inline-buttons]

प्रकाश गौतम
साउन २२

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को कार्यालयले वडाभित्र अवैध कुखुराको चल्ला, मासु तथा अण्डा बेच्न प्रतिबन्ध लगाएको छ ।वडा कार्यालयले आज एक सुचना मार्फत वडाभित्र अवैध कुखुराको चल्ला, मासु तथा अण्डा बेच्न प्रतिबन्ध लगाएको हो ।

वडा अध्यक्ष बिष्णु बराल क्षेत्रीले वडा नं ११ को क्षेत्रमा विदेशी अवैध कुखुरा बोईलर चल्ला तथा अण्डा लगायतका मासु बिक्रि वितरण भइरहेको भेटिएको हुँदा सो सम्बन्धमा यस वडाको ध्यान केन्द्रित भएको बताउनु भयो ।

उहाले यो कार्य परिपालना नगरेमा नियमअनुसार कारबाही हुने समेत उहाँले जानकारी दिनुभयो । साथै उहाले सम्पुर्ण टोल विकास संस्थाहरुलाई आफ्नो टोलमा सो कार्य भएको नभएको तनरिक्षण गरि वडा कार्यालयसँग समन्वय गर्नुहुन अनुरोध गरिएको छ।


प्रकाशित : २०८० श्रावण २२, सोमबार १५:३३