परिचित सहकारीमा रक्तदान कार्यक्रम सम्पन्न , ४३ जनाले गरे रक्तदान

[sharethis-inline-buttons]

प्रकाश गौतम
परिचित बचत तथा ॠण सहकारी संस्था लि ले आफ्नो १३ औ स्थापना दिवसको अवशर पारेर आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सन्चार केन्द्र बुटवलका प्रमुख केशर शिह गाहाको प्रमुख आतिथ्यतामामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ संस्थाको १३ औ स्थापना दिवसको अवसरमा सहकारीले १८ औ पटक रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।

कार्यक्रमा बोल्दै रक्त सन्चार केन्द्र बुटवलका प्रमुख केशर शिह गाहाले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । कार्यक्रममा परिचित बचत तथा ॠण सहकारी संस्था लि अध्यक्ष चित्र बोहोराले संस्थाले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताउनु भयो । परिचित बचत तथा ॠण सहकारी संस्था लि का अध्यक्ष चित्र बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा ४३ जनाले रक्तदान गर्नु भएको थियो ।

रक्त संचार केन्द्र भैरहवाको प्रबिधिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव रामु कवरले गर्नु भएको थियो । संस्थाले सामाजिक उदेश्य अनुसार स्थापना दिवसको अवशर सहित बार्षिक २ पटक रक्तदान कार्यक्रम गर्ने गरेको छ ।


प्रकाशित : २०८० श्रावण २३, मंगलवार १९:५३