नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघमा रक्तदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

प्रकाश गौतम
साउन २५
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ तिलोत्तमा नगर समिति तिलोत्तमाको आयोजनामा आज रक्तदान तथा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाको २३ औ स्थापना दिवसको अवसरमा संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।कार्यक्रमा बोल्दै तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले संस्थाले सामाजिक कार्य अन्तरगत पुन्य कामको सुरुवात गरेको भन्दै धन्यबाद दिनु भयो । उहाँले सघंले नियमीत रुपमा रक्तदान कार्यक्रम आयोजना गरिरहनु अरुका लागी समेत सन्देश भएको बताउदै नगरका बिभिन्न निर्णयमा सहयोग गर्न आग्रह गर्नु भयो ।

नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका अध्यक्ष सुर्य देवदासले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । कार्यक्रममा नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवल नगर समितिका अध्यक्ष तिल बहादुर हिस्कीले रक्तदानको महत्वको बारेमा आफ्ना भनाइ राख्नु भएको थियो ।

नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ तिलोत्तमा नगर समितिका अध्यक्ष सहसराम थारुको अध्यक्षता ,संस्थाका बरिष्ठ सल्लाहाकार शुसिल घिमिरेको स्वागतमा भएको कार्यक्रममा ७६ जनाले रक्तदान गर्नु भएको थियो । रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव देव ब थापाले गर्नु भएको थियो ।


प्रकाशित : २०८० श्रावण २५, बिहीबार १४:३६