करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयां नेतृत्वको लागी चुनाव

[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमा वडा नम्बर आठमा रहेको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयां नेतृत्वको सेवा क्षेत्र १ देखि ४ सम्मको मतदान आज सम्पन्न भएको छ ।

त्यसैगरि भोली सेवा क्षेत्र ५ देखि ८ सम्म मतदाताले मतदान गर्ने छन । कुल १२० पार्षद सख्याको लागि मतदान सुरु भएको हो । कुल २२१६ मतदाता सख्या रहेको करहिया मक्रहर खानेपानी उपभोत्ता तथा सरसफाई संस्थामा मतदान २ चरणामा सम्पन्न हुने गरी आज पहिलो चरण अन्तरगत सेवा क्षेत्र १ देखि ४ सम्म मतदाता सख्या ११६५ जनाले पहिलो चरण अन्तरगत मतदान सम्पन्न भएको छ।

त्यसैगरि भोली सेवा क्षेत्र ५ देखि ८ सम्म मतदाता सख्या १०५१ जनाले भोली मतदान गर्ने छन । दुवै चरणको मदतान सम्पन्न भएपश्चात मतगणना सुरु हुने निर्वाचन संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । १२० पार्षद सख्याको लागि आज र भोलि हुने निर्वाचानमा २०७ जनाले उम्मेदवारी दिएका छन ।


प्रकाशित : २०८० श्रावण २५, बिहीबार १५:१९