करहिया मक्रहर खानेपानी तथा सरसफाई संस्थाको पार्सदहरुको निर्बाचन सम्पन्न

[sharethis-inline-buttons]

रुपन्देहीको तिलोत्तमा वडा नम्बर आठमा रहेको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयां नेतृत्व लागीे पार्सदहरुको निर्बाचन सम्पन्न भएको छ ।
खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यक्षेत्र भित्र रहेका सेवा क्षेत्र १ देखि ८ सम्म कै निर्बाचन सम्पन्न भएको हो । सेवा क्षेत्र १ देखि ८ सम्मको १२० पार्सदका लागी क्षेत्रका २०७ जना उम्मेद्धार बिच प्रतिस्पर्घा भएको हो । प्रतिस्पधा बाट १२० पार्सद निर्वाचित भएका छन ।
कुल २२१६ मतदाता सख्या रहेको खानेपानी संस्थामा यहि साउन २५ र २६ गते २ चरणमा निर्वाचन भएको हो ।

पार्षदको निर्वाचन सम्पन्न भए पस्चात हामी संग कुराकानी गर्दै कार्य समितिको निर्बाचन केही दिनमै सम्पन्न गरिने निर्वाचन समितिका संयोजक कृष्ण प्र पौडेलले जानकारी दिनु भयो ।


प्रकाशित : २०८० श्रावण २७, शनिबार १४:५३