गुरौलिया माविले प्रथम त्रैमासिक परीक्षाको नतीजामा उत्कृत विद्यार्थीहरुलाई पुरस्क

[sharethis-inline-buttons]

नगेन्द्र केसी शुद्धाेधन रुपन्देही

रुपन्देहीको शुद्धाेधन गाउँपालिका ६ स्थित गुरौलिया माध्यमिक विद्यालयले एक कार्यक्रमवीच शैक्षिक सत्र २०८० को प्रथम त्रैमासिक परीक्षाको नतीजा सार्वजनिक गर्दै उत्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ।गुरौलिया माध्यमिक विद्यालयको सभाहलमा अभिभावक र विद्यार्थीको उपस्थितिमा प्रथम त्रैमासिक परीक्षाको नतीजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन भएको छ।कार्यक्रममा बालविकास कक्षा देखि कक्षा १० सम्म अध्ययन गर्ने प्रत्येक कक्षमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी हरुलाई अभिभावकको समुपस्थितिमा पुरस्कृत गरिएको हो l

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तौलेश्वर लोधको अध्यक्षतामा वि व्य.स. पदाधिकारी, शिक्षक अभिभावक संघ पधाधिकारी , अभिभावक र शिक्षक कर्मचारीको उपस्थितिमा सम्पन्न भएको थियो l विद्यालयका शिक्षक चुरामणी पौड्यालल को संचालनमा सपन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ज्ञवालीले आफ्ना बालबालिकाको पठनपाठन र नतीजालाई महत्व दिई कार्यक्रममा उपस्थित हुनुभएकोमा अभिभावकहरुलाई धन्यवाद दिंदै आगामी परीक्षाहरुमा सबै विद्यार्थीलाई उत्कृत नतीजाको लागि शुभकामना व्यक्त गर्दै दैनिक विद्यार्थी अनुपस्थिति र विदा लिएर वा नलिई विद्यार्थी विद्यालयबाट बाहिरिने समस्या समाधानमा गर्न अविभावकहरु समक्ष आग्रह गर्नु भएको थियो।परीक्षा समिति संयोजक जीतबहादुर लोध र वि.व्य.स अध्यक्षक तौलेसर लोधले परीक्षा र सम्बद्द विषयवस्तुमा आफ्ना मन्तव्य राख्नु भएको थियो भने उपस्थित अभिभावक र अतिथि हरुलाई विद्यालयका सहायक प्रधानाध्यापक कन्हैया प्रसाद चौधरीले स्वागत गर्नु भएको थियो।उक्त कार्यक्रमा गत शैक्षिक सत्रमा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो l


प्रकाशित : २०८० भाद्र १, शुक्रबार १२:४२