राष्ट्रिय युवा सघं नेपाल तिलोत्तमाको आयोजनामा उद्घोषण तथा नेतृव्व बिकास तालीम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

राष्ट्रिय युवा सघं नेपाल तिलोत्तमा रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ प्रदिपनगरमा ५ दिने उद्घोषण तथा नेतृव्व बिकास तालीम सम्पन्न भएको छ ।

राष्ट्रिय युवा सघं नेपाल तिलोत्तमाका अध्यक्ष सुवास खत्रीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यकममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले देश निर्माणको जिम्मा युवाहरुको काधमा रहेको बताउनु भयो । तर युवाहरुले मात्र एक्लै देश वनाउछु भन्नु गलत भएको बताउनु भयो ।पोलिटब्युरो सदस्य न्यौपानेले गाउं गाउंमा जनचेतना मुलक कार्यक्रम गर्न सुझाव दिनु भयो ।

नेकपा एमाले तिलोत्तमाका सचिव मिन प्र पोख्रेलले अरु भन्दा फरक युवा सघं भएको भन्दै सामाजिक बिकाश र समाज रुपान्तरणमा समय खर्च गर्न आग्रह गर्नुभयो । बोल्ने कला विश्वास लगावले नेता बन्ने नेतृव्व गर्न सकिने भन्दै तालीम महत्पुर्ण रहेको दावि गर्नुभयो । युवा सघं केन्द्रिय सदस्य श्रद्धा कुवरले युवा सघं परिबर्तनको बलीयो आधार भएको भन्दै नगर नगर्मा यस्ता कार्यक्रम गर्न आग्रह गर्नु भयो । उहाले युवा सघंले नयाँ नयाँ काम गर्ने समाज र राष्ट्र निर्माणमा योग्दान गर्ने बताउनु भयो ।

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीका उपाध्यक्ष दिपक खड्गीले सगंठनको बिकास र परिबर्तन समय अनुसार गरीने बताउनु भयो ।उहाले सगंठनले समाज र राष्ट्रका लागी योग्दान गरीरहेको बताउनु भयो ।

राष्ट्रिय युवा सघं तिलोत्तमा नगरका अध्यक्ष सुवास खत्रीको अध्यक्षता सह सचिव दिपा श्रेष्टको सञ्चालनमा कार्यक्रम भएको थियो ।


प्रकाशित : २०८० भाद्र ७, बिहीबार १९:३३