ग्रामीण बाल्मिकि साकोस नवलपरासीको  ३० औँ बार्षिक साधारणसभा तथा नेतृत्व चयन

[sharethis-inline-buttons]

रामु भुसाल,

बर्दघाट,

पश्चिम नवलपरासीमा रहेको  ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३० औँ बार्षिक साधारणसभा तथा  नेतृत्व चयन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष देवीप्रसाद अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद बिश्वप्रेम पाठक को प्रमुख आतिथ्य तथा बर्दघाट नगरपालिका का नगरप्रमुख शम्भुलाल श्रेष्ठको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले अब झोलामा अनुदान लिनेहरुका दिन सकिएको बताउदै प्रदेशले उत्पादनको आधारमा मेहेनती र परिश्रमी उधोगी , कृषि र व्यवसायी ,लाई प्रोत्साहन स्वरुप अनुदान दिने निति प्रदेशले लिएको बताउनुभयो । साथै उहाले देश आर्थिक अवस्थामा अत्यन्त आक्रान्त भएको अवस्थमा पनि सहकारीहरुले थोरै भएपनि पुजी बजारमा लगानी गर्दा बजार चलायमान भएको बताउदै अब साना साना समुहमा संचालित एकै प्रकृतिका सहकारीहरुलाई मर्ज गर्दै लैजानुपर्ने बताउनुभयो । उहाले सहकारीले आफ्ना सदस्य हरुलाई स्वावलम्बन बनाउन उधमशिल कार्यक्रमहरु ल्याई समुदायमा सचेतनामुलक कार्यक्रम गरेमा सहकारी अझ उत्कृष्ट हुने कुरामाथि जोड दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरभित्रका सहकारीहरु च्लायमान र उत्कृष्ट हुदा नगरनै समृद्धि तर्फ जाने हुदा सहकारीहरु नगर संग समन्य गरी आफ्ना शेयर सदस्यहरुलाई बचत र ऋण मात्रको कारोबार नगरि घरेलु तथा साना उद्धोग , व्यापार व्यवसाय, कृषि पशुपालन , गर्दै आय आर्जन तर्फ लैजानु पर्ने बताउनुभयो । सो अबसरमा अतिथीहरु सस्थाका सल्लाहकार रविन्द्र बिक्रम हमाल , कुलदिप श्रेष्ठ , बसन्त कुमार रेग्मी , गणेशप्रसाद पोख्रेल ,  राम कृष्ण पौडेल शेयर सदस्य देवी प्रसाद सापकोटा , लगायतले मन्तव्य राख्नु भयेको थियो।

सस्थाको गत आर्थिक बर्ष २०७९, ०८० को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाकी सचिव राधा ढकालले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल १ अरब ८ करोड १८ लाख  बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै  सस्थाले १ करोड ४० लाख बराबर  शुद्ध नाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा तथा सुपरिवेच्छण समितिको प्रतिबेदन लेखा संयोजक बोध प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको यस ग्रामीण  बाल्मिकी साकोसमा ६ हजार ८ सय ३३ महिला  ५ हजार १ सय ८० पुरुष र १० जना संस्थागत गरी १२ हजार २३ जना र २ हजार ५९ बाल सदस्य रहेको र सस्थाले बर्दघाट ४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट १६ मा दाउन्नेदेवी, बर्दघाट १३ मा धनेवामा उदय सेवा केन्द्र,बर्दघाट १३ जहदामा मिर्मिरे सेवा केन्द्र र बर्दघाट ९ भुताहा मा स्वर्णिम सेवा केन्द्र र प्रतापपुरको गोपिगञ्जमा बाल्मिकी सेवा केन्द्र र बर्दघाट ७ जिमिरेभार मा रहेको केन्द्रीय कार्यलय बाट सेवा दिईरहेको सस्थाका ब्यबस्थापक अनन्त पाण्डे ले बताउनु भयो। सो अबसरमा सस्था का शेयर सदस्य ,कर्मचारी लगायत ३२ जनालाइ विभिन्न बिदामा सम्मान समेत गरियको थियो। सस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको  स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकाल ले गर्नुभएको थियो ।

सस्थाको प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही शुक्रबार सस्थाको केन्द्रिय कार्यालमा ३० औँ साधारण सभा  तथा नेतृत्व चयन कार्यक्रम सम्पन्न गरेको हो । सोही कार्यक्रम बाट आगामी ४ बर्षका लागी रविन्द्र बिक्रम हमालको अध्यक्षतामा १३ सदस्यि सञ्चालक समिति र ३ सदस्यि लेखा सुपरिवेक्षण समिति , सर्वसम्मत चयन भएका छन्  जस्को उपाध्यक्षमा लक्ष्मण प्रसाद ज्ञवाली सचिव राधा ढकाल , सह सचिव कृष्ण प्रसाद गौतम कोषाध्यक्ष मुरली कृष्ण खनाल सदस्यहरुमा बोध प्रसाद पाण्डे कमला कण्डेल छविलाल तिमिल्सिना , बिमला अधिकारी बसन्ती क’मार िथापा मार कन्डे चौधरी सोबीर पुन  सिता कृमारी बस्याल , रहनु भएको छ।


प्रकाशित : २०८० भाद्र १०, आईतवार १२:०९