
प्रकाश गौतम
भदौ १५
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवल नगर समिति बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाको १४ औ स्थापना दिवसको अवसरमा नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिका वडा न १० वडा अध्यक्ष बल बहादुर पुनले संस्थाले सामाजिक कार्य अन्तरगत पुन्य कामको सुरुवात गरेको भन्दै धन्यबाद दिनु भयो । रक्तदान कार्यक्रम आयोजना गरिरहनु अरुका लागी समेत सन्देश भएको बताउदै नगरका बिभिन्न निर्णयमा सहयोग गर्न आग्रह गर्नु भयो । आफुहरु पनि मजदुरका अधिकार प्रति सचेत रहेको भन्दै समन्वय गरेर अगाडि बढने बताउनु भयो । रक्तदान कार्यक्रममा नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ रुपन्देहीका अध्यक्ष सुर्य देवदासले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो ।
उहाले मजदुरहरुले सामाजिक र मानविय काम गर्दैनन भन्ने गलत मानसिकता रहेको र यस्ता कामले त्यसलाई चिर्ने दाबि गर्नु भयो । नेपाल रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्णलाल चौहानले रक्तदान गरेर कोही कमजोर नहुने बरु सरिर फुर्तिलो हुने स्पट पार्नु भयो । नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ तिलोत्तमा नगर समितिका सचिव देव बहादुर थापाले मजदुर पनि राज्यका करदाता र मतदाता रहेको भन्दै मजदुरलाई गर्ने ब्यवाहार सच्चाउन आबस्यक रहेको बताउनु भयो ।
नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ बुटवल नगर समितिका अध्यक्ष तिल बहादुर हिस्कीको अध्यक्षता, उपाध्यक्ष भिम ब दर्लामीको स्वागतमा रक्तदान कार्यक्रम भएको थियो । रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव जय शिं चौधरीले गर्नु भएको थियो ।

