भुपु सैनिक स्कुलद्धारा शिक्षकहरुलाई सकारात्मक उर्जा सम्बन्धि कार्यशाला

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगांगा नगरपालिका वडा नं. ८ बाणगंगा स्थित भुपु सैनिक स्कुलको आयोजनामा शिक्षकहरुका लागि सकारात्मक उर्जा सम्बन्धी कायशाला सम्पन्न भएको छ ।

विद्यार्थीहरु माझ कसरी सकारात्मक रुपमा प्रस्तुत हुने भन्ने विविध बिषयमा शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । शिक्षकहरुलाई मोटिभेस्नल सहजकर्ता प्रितम पौडेलले शिक्षकहरुले आफुले गर्ने पेसा प्रति कसरी बढि उत्तरदायि बन्न सकिन्छ ? आफनो भुमिका के रहने ? कस्तो शिक्षण सिकाई विधि अपनाई पठनपाठन गराउँदा बालबालिको सिकाईमा सहजरुपमा परिवर्तन ल्याउन सकिन्छ विविध बिषयमा शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

पिस हिमालय रिसोर्टको हलमा गरिएको कार्यक्रममा भुपु सैनिक स्कुल, सैनीक साईनिङ बोर्डिङ्ग स्कुल, आर्दश बोर्डिङ्ग स्कुल, बुद्ध शान्ति स्कुल, एचिभर्स एकेडेमी ए.बि.एम.एकेडेमी स्कुलका गरि ७० जना शिक्षकहरुको सहभागिता रहेको भुपु सैनिक स्कुलका प्राचार्य डम्बर बहादुर सोमैले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि सीले शिक्षकहरुमा सकारात्मक उर्जा भएमा मात्रै शैक्षिक स्तर राम्रो हुने बताउनुभएको छ । उहाँले बालबालिको सिकाईमा सहज रुपमा परिवर्तन ल्याउनका लागि शिक्षकहरुले सकारात्मक उर्जाका साथ अध्यापन गर्नुपर्नेमा जोड दिनुभयो । जिसीले विद्यालयमा विद्यार्थीको संख्या बृद्धिका लागि विद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने औल्याउँनु भयो ।

भुपु सैनिक स्कुलका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, प्याब्सन बाणगंगा नगर कमिटीका अध्यक्ष एंवम ज्ञानकुन्ज बोर्डिङ्ग स्कुलका प्रध्यानाध्यापक सुरेन्द्र पाण्डे, प्याब्सनका अन्य पदाधिकारी तथा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यसअघि शुक्रबार अभिभावकहरुलाई सो तालिम प्रदान गरिएको थियो ।


प्रकाशित : २०८० भाद्र १६, शनिबार १९:३६