बाणगंगा ६ भगलापुर निवासी एमाले सेल्टरदाता आचार्यको निधन

[sharethis-inline-buttons]

लुदअ,जितपुर ।
नेकपा (एमाले) पार्टीकी सेन्टरदाता मनकला आचार्यको ९७ बर्षको उमेरमा निधन भएको छ । बाणगंगा नगरपालिका वडा नं ६ भगलापुर निवासी आचार्यको आज बिहान ३ बजेको समयमा निधन भएको हो । उहाँ केही दिन देखी सामान्य बिरामी हुनुहुन्थ्यो । उहाँका तिनवटा छोरा बुद्धिराम आचार्य, बिष्णु प्रसाद आचार्य र ठाकुर प्रसाद आचार्य र ४ वटा छोरीहरु रहेका छन् ।

उहाँको पार्थिव शरिरको बाणगंगा ६ भगलापुरघाटमा अन्तष्टी गरिएको छ । स्वर्गिय मनकला आचार्यको अन्यष्टीमा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य बलराम अधिकारी,नेकपा (एमाले) कपिलवस्तुका पुर्व अध्यक्ष झविलाल पोख्रेल,जिल्ला उपाध्यक्ष बिश्राम प्रसाद थारु,बाणगंगा नगर अध्यक्ष युवराज पोख्रेल,नेताहरु धर्मराज भुसाल,शंकर पाण्डे लगायतका नेता तथा कार्यकर्ता एवम् समुदायहरु उपस्थित भई श्रद्धाञ्जली व्यक्त गरेका थिए । श्रद्धाञ्जली सभामा उहाँको जिवनी र भुमिगत कालमा सेल्टरदाताको रुपमा रही पार्टीमा पुर्याएको योगदानका बिषयमा चर्चा गरिएको थियो ।

 


प्रकाशित : २०८० भाद्र २६, मंगलवार १९:१४