नगर स्तरिय हाजिरीजवाफ प्रतियोगितामा स्काईलार्क बोर्डिङ्ग स्कुल सर्वोत्कृष्ट

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आयोजना गरेको नगर स्तरिय हाजिरीजवाफ प्रतियोगितामा स्काईलार्क ईङ्गलीस बोर्डिङ्ग स्कुल सर्वोत्कृष्ट हुन सफल भएको छ । नगरपालिकाले ५९ औं वाल दिवसको अवसरमा राष्ट्रिय शिक्षा दिवसको दिन आयोजना गरेको प्रतियोगितामा ओदारीमा रहेको स्काईलार्क ईङ्गलीस बोर्डिङ्ग स्कुल प्रथम हुन सफल भएको हो ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ तथा स्वदेशी र सीप मुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको ईच्छा भन्ने मुल नाराका साथ दुवै दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ज्ञानपुञ्ज ईङ्गलीस बोर्डिङ्ग स्कुल राजपुर द्धितीय, हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल पिपरा तृतीय र कपिलवस्तु विद्या मन्दिर लौगाई सान्तवना हुन सफल भएका छन् ।

प्रथम हुन सफल स्काईलार्र्कबाट एन्जल गोस्वामी, विवेक मिश्र र अमन यादवले अन्य विद्यालयसंग प्रतिस्पर्धा गरेका थिए ।

नगर स्तरिय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुन सफल भएकोमा स्काईलार्र्क ईङ्गलीस बोर्डिङ्ग स्कुलका प्राचार्य तोलाकान्त डुम्रेले बधाई ज्ञापन गर्दैै समुज्वल भविष्यको कामना गर्नुभयो । शैक्षिक क्रियाकलाप मात्र नभई हरेक अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सहभागी गराईएको परिणाम रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रम बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालको अध्यक्षतामा भएको थियो भने समापन कार्यक्रम वडा नं. ३ का वडाध्यक्ष टेक बहादुर झेंडी मगरको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० आश्विन २, मंगलवार १७:२०