
रुपन्देहीको सालझन्डी कार्यालयबाट खटिएको प्रहरी टोलिले सैनामैना नगरपालिका वडा न। ११ चेकजाचको क्रममा १ जना बाट ४.६० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित १ जना पक्राउ गरेको छ ।
रुपन्देहीको हरैया रुद्रपुर तर्फबाट आउदै गरेको लु ६४ प ४०४ नम्बरको स्कुटरमा सवार जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा न। ११ बस्ने वर्ष २६ को चित्र बहादुर मल्ल लाई पक्राउ गरेको हो ।
सवारी रोकी चेकजाच गर्दा मल्लको साथमा चार ग्राम साठी मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी बरामद गरी पक्राउ गरीएको प्रहरीले बताएको छ ।

