सहर्ष सहकारीकाे अधिवेशनले अध्यक्ष पदमा विष्णु गौतम निर्वाचित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नगेन्द्र केसी

शुद्धाेधन रुपन्देही

रुपन्देहीको शुद्धाेधन गाउँपालिका २ भुजौली स्थित सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औ साधारणसभा तथा ५ औ अधिवेशन कार्यक्रम एक समारोहबीच भुजौली इङलिस स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ।

उक्त पाँचौं अधिवेशनमा पाँच जना निर्वाचन मण्डल सदस्यहरु रहनु भएको थियो।जसको संयोजक झलक थापा र सदस्यहरूमा मात्रृका वाग्ले,गंगा गौतम,कमला खराल,विष्णु गौतम सहर्ष सहकारी संस्थाको १३औ साधारणसभा तथा ५ औअधिवेशनमा विष्णुप्रसाद गौतम सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।विष्णुप्रसाद गौतमको अध्यक्षतामा उपाध्यक्षमा मनोज गुरुङ,कोषाध्यक्षमा बेनुका गौतम,सचिवमा देवराज पौडेल,सदस्यहरूमा यदुनन्दन गौतम,देवीराम मरासेनी,सीता सापकोटा, रामप्रसाद तेली,कुलानन्द थारु सर्वसम्मत चयन हुनुभएको छ।साे साधारणसभामा संस्थाका अध्यक्ष दलबहादुर श्रीसकाे अध्यक्षतामा भएको साधारणसभामा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो।

सो कार्यक्रममा प्रमुख अतिथि तुल्सीप्रसाद चौधरीले कार्यक्रमकाे उद्घाटन गर्दै सहकारीको माध्यमबाट समाजमा जनतचेतना फैल्याउन जरुरी रहेको बताउदै सेयर सदस्यले ऋण लिदा जुन कामका लागि लिने हो सोही कामका लागि लिनुपर्नेमा जोड दिनुभयो।शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस सहकारीले स्थानीयवासीकाे हितमा रही कार्य गरेकोमा धन्यवाद दिदै अगामी दिन हरुमा यस संस्था र गाउँपालिका सित सहकार्य गरि कृषिमा लगानी गर्नुपर्ने बताउनुभयो।

रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई,शुद्धाेधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,शुद्धाेधन स्थानीय विकास कोष तथा सहकारी शाखा प्रमुख मानबहादुर भण्डारी लगायतले नवनिर्वाचित पदा अधिकारीहरु लाई शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।संस्थाका उपाध्यक्ष दशरथ थारूको स्वागतमा र संस्थाका सचिव देवराज पौडेलको सञ्चालनमा साे १३औ साधारणसभा तथा ५ औ अधिवेशन कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०८० आश्विन २८, आईतवार १०:५०